काठमाडौं । लकडाउनमा सुरु भइ आक्रमक व्यापार गरिरहेको ग्यापु मार्केटप्लेसले ‘दशैँतिहार धमाका २०७७’ अन्तर्गत ६० लाखसम्मको क्यास ब्याक र ११ लाख रुपैयाँ बराबरको बम्पर उपहारको अफर सुरु भएको छ।
ग्यापुबाट सामान किन्नेले बम्पर उपहारमा टनवालको इलेक्ट्रिक स्कुटर, वासिङ मेसिन, रेड्मी नोट ९ ‘प्रो’, लोकल खसी, रिफ्रिरेजटर, डिजेआईको एक्सन क्यामेरा र ड्रोन ७ जनाले पाउने ग्यापुका सँस्थापक ज्ञानेन्द्र खड्काले बताए।
मंसिर ५ गतेसम्म लागु हुने ग्यापुको दशै तिहार धमाकामा सामान्न किन्ने उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने खड्काले बताए। ग्यापुमा सपिङ गर्दा पहिला भन्दा सस्तो मुल्यमा सामान पाइने बताइएको छ ।
ग्यापुले प्रभु पे, सेल पे र एनआईसी एसिया बैकंसँगको सहकार्यमा क्यास ब्याक दिने जनाएको छ । अफर अन्तर्गत क्यासब्याक ६० लाख सम्मको रहेको खड्काले बताए। त्यस्तै सेल पे, फोन पे, प्रभु पे, इ–सेवासँगको सहकार्यमा अफर र डिस्काउन्ट दिने बताइएको छ।
त्यस्तै ग्यापुमा असोज २३ गते लाग्ने फ्ल्यास सेलमा सामान किन्ने उपभोक्ताले फोन पेको तर्फबाट बम्पर उपहार पाउनेछन्। फोन पे को तर्फबाट चार जनाले एयर कुलर, बाल्ट्रा जुसर ग्राण्डर कुइजर, होम थिएटर, मिनि पोर्टेबल इलेक्ट्रिक फ्रुट जुसर, लिकेज प्रुफ टिफिन बक्स पाउने छन्। त्यस्तै हरेक साता फोन पे को तर्फबाट १५ जनाले ५ सय बराबरको कुपन समेत पाउनेछन्।
त्यस्तै प्रभु पेको युजरले १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक, हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभि दिने पाउने छन्। ग्यापुमा सामान्न किन्ने हरेक ग्राहकले प्रभु पेको तर्फबाट एक महिनाको सब्सकृप्सन सहित ओटिटि (मोबाइल टिभि) पाउनेछन्।
एक्सलट्रिप नेपाल, नेपाल ग्राम उद्योग, प्रान नेपाल, दि इसेन्सीयल लिभिङ, एभरेष्ट डक्च्यु, बाजेको सेकुवा, ब्रज ब्युटि र मामा मिया डेल्सको सहकार्यमा दैनिक दुई जनाले गिफ्ट पाउनेछन्। त्यस्तै धुलिखेल जिपलाइन, निफ एजुकेसन, फुलचोकी बुक्स, फिसिफिसि नेपालसँगको सहकार्यमा ग्यापुबाट हरेक साता एक जनाले उपहार पाउनेछन्।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ। ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन्।
त्यस्तै डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान