काठमाडौं । लकडाउनमा सुरु भइ आक्रमक व्यापार गरिरहेको ग्यापु मार्केटप्लेसले ‘दशैँतिहार धमाका २०७७’ अन्तर्गत ६० लाखसम्मको क्यास ब्याक र ११ लाख रुपैयाँ बराबरको बम्पर उपहारको अफर सुरु भएको छ।
ग्यापुबाट सामान किन्नेले बम्पर उपहारमा टनवालको इलेक्ट्रिक स्कुटर, वासिङ मेसिन, रेड्मी नोट ९ ‘प्रो’, लोकल खसी, रिफ्रिरेजटर, डिजेआईको एक्सन क्यामेरा र ड्रोन ७ जनाले पाउने ग्यापुका सँस्थापक ज्ञानेन्द्र खड्काले बताए।
मंसिर ५ गतेसम्म लागु हुने ग्यापुको दशै तिहार धमाकामा सामान्न किन्ने उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने खड्काले बताए। ग्यापुमा सपिङ गर्दा पहिला भन्दा सस्तो मुल्यमा सामान पाइने बताइएको छ ।
ग्यापुले प्रभु पे, सेल पे र एनआईसी एसिया बैकंसँगको सहकार्यमा क्यास ब्याक दिने जनाएको छ । अफर अन्तर्गत क्यासब्याक ६० लाख सम्मको रहेको खड्काले बताए। त्यस्तै सेल पे, फोन पे, प्रभु पे, इ–सेवासँगको सहकार्यमा अफर र डिस्काउन्ट दिने बताइएको छ।
त्यस्तै ग्यापुमा असोज २३ गते लाग्ने फ्ल्यास सेलमा सामान किन्ने उपभोक्ताले फोन पेको तर्फबाट बम्पर उपहार पाउनेछन्। फोन पे को तर्फबाट चार जनाले एयर कुलर, बाल्ट्रा जुसर ग्राण्डर कुइजर, होम थिएटर, मिनि पोर्टेबल इलेक्ट्रिक फ्रुट जुसर, लिकेज प्रुफ टिफिन बक्स पाउने छन्। त्यस्तै हरेक साता फोन पे को तर्फबाट १५ जनाले ५ सय बराबरको कुपन समेत पाउनेछन्।
त्यस्तै प्रभु पेको युजरले १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक, हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभि दिने पाउने छन्। ग्यापुमा सामान्न किन्ने हरेक ग्राहकले प्रभु पेको तर्फबाट एक महिनाको सब्सकृप्सन सहित ओटिटि (मोबाइल टिभि) पाउनेछन्।
एक्सलट्रिप नेपाल, नेपाल ग्राम उद्योग, प्रान नेपाल, दि इसेन्सीयल लिभिङ, एभरेष्ट डक्च्यु, बाजेको सेकुवा, ब्रज ब्युटि र मामा मिया डेल्सको सहकार्यमा दैनिक दुई जनाले गिफ्ट पाउनेछन्। त्यस्तै धुलिखेल जिपलाइन, निफ एजुकेसन, फुलचोकी बुक्स, फिसिफिसि नेपालसँगको सहकार्यमा ग्यापुबाट हरेक साता एक जनाले उपहार पाउनेछन्।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ। ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन्।
त्यस्तै डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’