नेकपा (एमाले) स्याङ्जासम्बद्ध जनवर्गीय संगठनहरूले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोध गर्दै शनिबार सदरमुकाममा प्रदर्शन गरेका छन् । उनीहरूले उक्त पक्राउ लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत भएको दाबी गर्दै तत्काल रिहाइको माग गरेका हुन् ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिनका लागि सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरी बहादुर कार्की जाँचबुझ आयोगद्वारा गरिएको सिफारिसका आधारमा शनिबार बिहान ओलीसहित नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो । सोही घटनाको विरोधमा एमाले निकट संगठनहरू सडकमा उत्रिएका हुन् ।
पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली सहिद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा विभिन्न वक्ताहरूले पक्राउलाई प्रतिशोधपूर्ण कदम भएको आरोप लगाउँदै बिना शर्त रिहाइको माग गरेका थिए । मुक्ति समाजका केन्द्रीय सदस्य अमृत नेपाली र युवा संघ स्याङ्जाका अध्यक्ष राजन पौडेलले नेतृत्वप्रति लक्षित कारबाही स्वीकार्य नहुने बताएका छन् ।
यसैबीच, एमाले स्याङ्जाले आइतबार पनि आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’का अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाइनेछ ।
उनले तथ्यपरक अनुसन्धानबिना गरिएको पक्राउ पूर्वाग्रही र गैरकानुनी भएको भन्दै दुवै नेताको तत्काल रिहाइ हुनुपर्नेमा जोड दिएका छन् ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा