कर्मचारीमा कोरोना संक्रमण भएपछी म्याग्दे गाउँपालिका थप ४ दिन बन्द रहने

कर्मचारीमा कोरोना संक्रमण भएपछी म्याग्दे गाउँपालिका थप ४ दिन बन्द रहने

Myagde-Gapa Tanahun

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका थप ४ दिन बन्द रहने गाउँपालिकाले सोमबार सूचना जारी गरेर जानकारी दिएको छ ।

गाउँपालिकामा कार्यरत केहि कर्मचारीमा कोरोना संक्रमण भएकाले थप ४ दिन अर्थात आगामी शुक्रबारसम्म अत्यावश्यक बाहेकका सेवा पुर्ण रूपमा बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

संक्रमित कर्मचारीको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र कोभिड १९ को संक्रमण दिनानुदिन बढिरहेको हुँदा सुरक्षित रहनको लागी थप ४ दिन पुर्ण बन्द गर्ने निर्णय सोमबार गाउँपालिकाले गरेको छ ।

उक्त अवधिमा गाउँपालिका कार्यालय, वडा कार्यालय, गाउँपालिका भित्र रहेका संस्थागत र सामुदायिक विद्यालय र सेवा प्रदायक संघ संस्थाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा पुर्ण रुपमा बन्द हुने गाउँपालिकाले जनाएको छ ।

यसअघि गतसाता पनि गाउँपालिका ३ दिन बन्द गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ