गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विवादित बनेका छन् । नेकपाका गण्डकी प्रदेश ईञ्चार्ज समेत रहेका गुरुङको ‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने विवादित अभिव्यक्तिसहितको अन्तर्वार्ता अनलाइनखबरमा प्रकाशित भएको थियो । यो अभिव्यक्ति दिएपछि पूर्व माओवादी खेमा पूरै चिढिएका छन् भने पूर्व एमालेभित्र पनि केपी ओली गुटका कार्यकर्ताले मात्र समर्थन गरेको देखिन्छ । मुख्यमन्त्री गुरुङ केपी पक्षकै हुन् ।
कास्कीका पूर्व माओवादी नेताहरुले मुख्य मन्त्री गुरुङप्रति असन्तुष्टि जनाएका छन् । गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले आफूले गर्न नसकेका कामपनि प्रचण्डलाई दोष दिएर उम्किने कि आफैले केहि गर्ने भनेर कडा प्रश्न सोधेका छन् । अनलाईन न्यूज शेयर गर्दै त्यसको प्रतिउत्तर स्वरुप नेकपा गण्डकी प्रदेश सदस्यसमेत रहेका सभापति कोईरालाले भनेका छन्, ‘पार्टी कसको कारण फुट्छ र त्यसको परिणाम क–कसले कस्तो रुपमा ब्यहोर्नु पर्ला (यदि पार्टी फुट्यो भने) त्यो समयले बताउला तर प्रदेशका नागरिक सामान्य उपचार र अस्पतालमा बेड नपाएर मर्नु परेको दोषपनि प्रचण्डलाई नै दिएर उम्किनु हुन्छ कि केहि गर्नुहुन्छ मुख्यमन्त्री ज्यू ? ।’

त्यस्तै, नेकपाका अर्का नेता तथा गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले पनि मुख्यमन्त्रीको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् । उनले पनि सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गरेर स्टाटस लेख्दै मुख्यमन्त्रीले प्रधानमन्त्री ओलीको विश्वास पात्र बन्ने नाममा लाज लाग्ने खालको अभिव्यक्ति दिएको बताएका छन् ।
उनले भनेका छन्, ‘पार्टीका एउटा अध्यक्ष केपी ओली जी को एक नम्बर विश्वास पात्र बन्ने दौडमा केहि नेता लागि परेका छन् । ओलीजीले पार्टी फुटाल्ने सम्मका प्रस्ताव अर्का अध्यक्ष प्रचण्डसँग राख्ने कुरा व्यंग्य गर्नुभएको भनी बचाउ गर्नुकोपनि लज्जाको विषय होईन ?’

नेकपा कास्की ईञ्चार्ज राजकाजी गुरुङ ‘करण’ ले पनि सोहि न्यूज शेयर गर्दै फेसबुकमा लेखेका छन् – ‘पार्टी भित्र को महत्त्वपूर्ण बिषय लाई यति हलुका अभिब्यक्ती दिएर आफ्नो ओज नघटाउनुस इन्चार्ज कमरेड।’

मुख्यमन्त्रीप्रति कडा टिप्पणी गर्ने तीन जना नै पूर्व माओवादी निकट हुन् । पूर्व अखिल क्रान्तिकारी नेता एवं विद्यार्थी नेता अमरदीप पराजुलीले लेखेका छन्ः

सम्बन्धित समाचारः
सम्बन्धित खबर
शिक्षामन्त्री पुनले भने- कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले !
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
आगजनी गर्ने बानी भयो भने भोलि जो कोहीले जो कसैलाई जलाउन सक्ने चिन्ता भएको छ: प्रधानमन्त्री
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’