गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विवादित बनेका छन् । नेकपाका गण्डकी प्रदेश ईञ्चार्ज समेत रहेका गुरुङको ‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने विवादित अभिव्यक्तिसहितको अन्तर्वार्ता अनलाइनखबरमा प्रकाशित भएको थियो । यो अभिव्यक्ति दिएपछि पूर्व माओवादी खेमा पूरै चिढिएका छन् भने पूर्व एमालेभित्र पनि केपी ओली गुटका कार्यकर्ताले मात्र समर्थन गरेको देखिन्छ । मुख्यमन्त्री गुरुङ केपी पक्षकै हुन् ।
कास्कीका पूर्व माओवादी नेताहरुले मुख्य मन्त्री गुरुङप्रति असन्तुष्टि जनाएका छन् । गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले आफूले गर्न नसकेका कामपनि प्रचण्डलाई दोष दिएर उम्किने कि आफैले केहि गर्ने भनेर कडा प्रश्न सोधेका छन् । अनलाईन न्यूज शेयर गर्दै त्यसको प्रतिउत्तर स्वरुप नेकपा गण्डकी प्रदेश सदस्यसमेत रहेका सभापति कोईरालाले भनेका छन्, ‘पार्टी कसको कारण फुट्छ र त्यसको परिणाम क–कसले कस्तो रुपमा ब्यहोर्नु पर्ला (यदि पार्टी फुट्यो भने) त्यो समयले बताउला तर प्रदेशका नागरिक सामान्य उपचार र अस्पतालमा बेड नपाएर मर्नु परेको दोषपनि प्रचण्डलाई नै दिएर उम्किनु हुन्छ कि केहि गर्नुहुन्छ मुख्यमन्त्री ज्यू ? ।’

त्यस्तै, नेकपाका अर्का नेता तथा गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले पनि मुख्यमन्त्रीको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् । उनले पनि सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गरेर स्टाटस लेख्दै मुख्यमन्त्रीले प्रधानमन्त्री ओलीको विश्वास पात्र बन्ने नाममा लाज लाग्ने खालको अभिव्यक्ति दिएको बताएका छन् ।
उनले भनेका छन्, ‘पार्टीका एउटा अध्यक्ष केपी ओली जी को एक नम्बर विश्वास पात्र बन्ने दौडमा केहि नेता लागि परेका छन् । ओलीजीले पार्टी फुटाल्ने सम्मका प्रस्ताव अर्का अध्यक्ष प्रचण्डसँग राख्ने कुरा व्यंग्य गर्नुभएको भनी बचाउ गर्नुकोपनि लज्जाको विषय होईन ?’

नेकपा कास्की ईञ्चार्ज राजकाजी गुरुङ ‘करण’ ले पनि सोहि न्यूज शेयर गर्दै फेसबुकमा लेखेका छन् – ‘पार्टी भित्र को महत्त्वपूर्ण बिषय लाई यति हलुका अभिब्यक्ती दिएर आफ्नो ओज नघटाउनुस इन्चार्ज कमरेड।’

मुख्यमन्त्रीप्रति कडा टिप्पणी गर्ने तीन जना नै पूर्व माओवादी निकट हुन् । पूर्व अखिल क्रान्तिकारी नेता एवं विद्यार्थी नेता अमरदीप पराजुलीले लेखेका छन्ः

सम्बन्धित समाचारः
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष