आइतबार पोखराका ११० सहित गण्डकीमा थप २०५ जनामा कोरोना पुष्टि

आइतबार पोखराका ११० सहित गण्डकीमा थप २०५ जनामा कोरोना पुष्टि

IMG_5822

पोखरा – आइतबार पोखराका ११० सहित गण्डकीमा थप २०५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशानलयको आजको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा प्रदेशका ९८८ जनामा गरिएको पीसीआर परीक्षणमा थप २०५ जनाको रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ।

आज पुष्टि भएका संक्रमित कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, पर्वत र बाग्लुङ गरी ७ जिल्लाका छन्  । जसअनुसार कास्कीमा ११०, तनहुँमा ६, गोरखामा १४, लमजुङमा १४, नवलपुरमा ३६, पर्वतमा ३ र  बाग्लुङका ९ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएका संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १० हजार ४ सय ९० पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीमा ५६१ जना कोरोना मुक्त भएका छन्, यो संगै प्रदेशमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ५ हजार ६ सय २१ पुगेको छ  ।

कोरोना संक्रमणका कारण गण्डकीमा अहिलेसम्म १२३ जनाले ज्यान गुमाएका छन्  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ