सौगात थापा, पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदका उम्मेदवार । क्रम संख्या १४ ।
पछिल्लो कार्यसमितिमा मनोनित सदस्य थापा यस पटक व्यवसायीबाटै अनुमोदित भएर संघको कार्यसमितिमा प्रवेश चाहन्छन् । सौगातले सबैभन्दा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दछन् । पोखराको व्यवसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा अघि कार्यसमितिमा तेस्रो पुस्ताको आगमन भएको देखिँदैन । पहिलो र दोस्रो पुस्ताबाट अब नेतृत्व तहमा तेस्रो पुस्ता लम्कन सुरु गरेको छ ।

सानै उमेरदेखि जिम्मेवारी सम्हालेका सौगातले भाद्र २८ र २९ गते हुने उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् ।
सौगात नयाँ पुस्ताका लागि उदाहरण हुन् । व्यवसायलाई परिमार्जित गर्दै गरिएको लगानीले समेत उनको व्यवसायिक आकार र आयातनमा फेरबदल ल्याएको छ । आजको आवश्यकता अनुसार बगैँचा रिर्सोट एण्ड स्पा रिनोभेसन हुँदैछ । ३१ एभिन्यू नाम दिएर बन्दै गरेको मिक्सिड युुज ब्लिडिङले साच्चै पोखराको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । नेपालकै नमुना ब्लिडिङमा होटल सँगै अन्य लक्जरी सुविधा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यका साथ सौगात लगानी गर्दैछन् ।

लेकसाइड स्थित सेन्टरपोइन्टमा रहेको अंशुभरा स्क्वायर मलले समेत सौगातको सोचलाई फरकपन दिएको छ । पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेडमलको बोर्ड अफ डाइरेक्टर समेत रहेका सौगातले आफ्नै सक्रियतामा उक्त व्यवसायलाई समेत परिमार्जित रुप दिँदैछन् । अंशुभराले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी गरेको छ । अंशुभरा अब ब्राण्ड बन्दै छ । एउटै छानामुनि सबै खालको सुविधा उपलब्ध गराउने हेतुले खोलिएको उक्त कम्पनिमा धेरै आश्रित छन् ।
व्यवसाय सँगै सामाजिक कार्यमा समेत सौगातको सक्रियता पाइन्छ । पोखरा उद्योग वाणिज्य संघमा आबद्ध भई व्यवसायीको हक, हित र अधिकारका लागि आवाजलाई बुलन्द बनाउने बाटोमा उनको यात्रा अगाडि बढ्दैछ । पछिल्लो समय राजनीतिमा अब युवा भन्ने भाष्य स्थापित भएको छ । गएको निर्वाचनबाट युवाहरु सदनमा नै पुगेको देखिन्छ । सामाजिक संस्थामा समेत युवाहरुको नेतृत्वदायी भूमिका देखिन्छ । सौगात थापा पनि युवाहरुको प्रतिनिधित्व गर्दै उद्योग बाणिज्य संघको निर्वाचनमा होमिएका छन् ।
उद्यम, कृषि र पर्यटनलाई आत्मसात् गर्दै यस क्षेत्रमा युवाहरुलाई प्रवेश गराउने उद्देश्य सौगातको छ । भन्छन्, “पछिल्लो समय युवामा वितृष्णा आएको छ । सम्भावना हुँदाहुँदै पनि देश छाडेर परदेश गएका छन् । युवालाई स्वरोजगार गराउने उद्देश्य स्वरुप अर्जुुन पोखरेलको प्यानल लागिरहेको छ । हामी कुरा होइन काम गर्नका लागि आएका हौं । निर्वाचित भइसकेपछि पोखरेली व्यवसायीको हितबमोजिम नै काम गर्छौं । यसमा हाम्रो टीम एकरुप भएर अगाडि बढ्छ ।”
संघ अब युवाको नेतृत्वमा अगाडि बढ्दैछ । २०७१ सालमा सौगातका बुवा विन्दुकुमार थापाले संघको नेतृत्व सम्हालेका थिए । हाल उनी गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन् । बुवाकै पथमा हिँडिरहेका सौगात पुस्तान्तरणमा विश्वास गर्छन् ।
उद्योग बाणिज्य संघको साख जोगाउन र सम्पूर्ण व्यवसायीलाई एकीकृत गराई उनीहरुको समस्यालाई समाधान गर्न थापाको उम्मेदवारी हो । सौगातले यसअघि नै दुई वर्षे कालमा उद्योग बाणिज्य संघलाई नयाँ स्वरुप दिन खोजे । नयाँ पुस्ताको नयाँ सोचमा उद्योग बाणिज्य संघ चल्नुपर्छ भन्ने धारणा उनको छ । आर्थिक मन्दीले पोखराका व्यवसायीले भोग्नुपरेका समस्यालाई समाधान गर्न पहल गर्ने उद्देश्य सहित सौगात अगाडि बढिरहेका छन् । उनको एउटै ध्येय “सवल, सक्षम, सुदृढ र आत्मनिर्भर उद्योग वाणिज्य संघ” हो ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा