पोखरा – कोरोना संक्रमणका कारण गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३ र लमजुङ जिल्ला बेशीसहर नगरपालिकाका १ गरी थप ४ जनाको मृत्यु पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
मृत्यु हुने मध्ये कास्कीको पोखरा महानगरपालिका वडा नं -१७ निवासी ७५ वर्षीया कोरोना संक्रमित वृद्धा रहेकी छन् । गत कार्तिक २४ गते कोरोना पोजेटिभ देखिएर उपचारका गण्डकी मेडिकल कलेज भर्ना भएकी उक्त वृद्धाको बिहीबार बिहान ३ :४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
वृद्धामा निमोनिया र सुगरको समस्या रहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै पोखरा -९ निवासी ८३ वर्षीय कोरोना संक्रमित वृद्धाको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचारका क्रममा मृत्यु पुष्टि भएको छ । गत कार्तिक २५ गते कोरोना संक्रमण देखिएर अस्पताल भर्ना भएकी वृद्धाको बिहीबार बिहान ७:३० बजे मृत्यु भएको हो ।
उता लमजुङ जिल्लाको बेशीसहर नगरपालिका वडा नं -५ निवासी ७१ वर्षीय कोरोना संक्रमित वृद्धको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । गत कार्तिक २८ गते कोरोना पोजेटिभ देखिएर अस्पताल भर्ना भएका उक्त वृद्धको बुधबार बेलुकी ६:४५ बजे मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै स्वास्थ्य निर्देशनालयको अर्को अद्यावधिक विज्ञप्ति अनुसार पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
निर्देशनालयको अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका वडा नं -२८ निवासी ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु पुष्टि भएको हो ।
मंसिर ३ गते बुधबार कोरोना पोजेटिभ देखिएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएकी उक्त महिलाको उपचारका क्रममा आज बिहीबार दिउँसो १२:५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनिया र मृगौलाको समस्या रहेकी उक्त महिलाको मृत्यु संगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?