तनहुँमा थप ६ जना कोरोना संक्रमित थपिए

तनहुँमा थप ६ जना कोरोना संक्रमित थपिए

covid-19-corona

तनहुँ । तनहुँमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको व्यास नगरपालिकामा ३ जना, घिरिङ गाउँपालिकामा २ जना र भिमाद नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-१० का २४ वर्षीय पुरुष, व्यास-५ की ७६ वर्षीया महिला, व्यास-७ का ८७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै घिरिङ-१ का ५१ र ३८ वर्षीय पुरुषमा समेत कोरोना पुष्टी भएको छ । यस्तै भिमाद नगरपालिकाको वडा नखुलेको ६५ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ