तनहुँका ६ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका ६ जनामा कोरोना संक्रमण पुष्टि

COVID19

तनहुँ । तनहुँमा ६ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिकामा ३ जना, शुक्लागण्डकी नगरपालिकामा १ जना, भानु नगरपालिकामा १ जना र पध्म नर्सिङ होममा उपचाररत १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-१ का ३९, ३८ र १७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै शुक्लागण्डकी-५ का ३२ वर्षीय पुरुषमा संक्रमण भएको छ ।

यसैगरी भानु-४ का २१ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । त्यस्तै पध्म नर्सिङ होममा उपचाररत तनहुँकी ३५ वर्षीया महिलामा समेत संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ