तनहुँ रिसिङकी कोरोना संक्रमित वृद्धाको पोखरामा मृत्यु

तनहुँ रिसिङकी कोरोना संक्रमित वृद्धाको पोखरामा मृत्यु

corona death india

reuters image

तनहुँ । तनहुँको रिसिङ गाउँपालिकाकी एक जना कोरोना संक्रमित वृद्धाको पोखरामा मृत्यु भएको छ ।

जिल्लाको रिसिङ-८ की ७८ वर्षीया वृद्धाको शुक्रबार राति ७ बजे उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

उनमा मंसिर ११ गते बिहिवार कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसंगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds