टिम नेपोद्वारा दमौलीमा कोरोना सचेतना, २ हजार मास्क वितरण

टिम नेपोद्वारा दमौलीमा कोरोना सचेतना, २ हजार मास्क वितरण

received_427180681627222

तनहुँ । टिम नेपो तनहुँले मंगलवार तनहुँको दमौली बजारमा कोरोना  (कोभिड १९) सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ ।

टिम नेपो तनहुँको आयोजना र जिल्ला ट्राफिक कार्यालय तनहुँको समन्वयमा उक्त कार्यक्रम भएको हो ।

कोरोना सचेतना संगै संस्थाले सो अवसरमा सर्वसाधारणलाई मास्क तथा सेनिटाईजर वितरण गरेको थियो ।संस्थाले २ हजार मास्क,  १० वटा सेनिटाइजर र २ प्यााकेट ग्ल्बस  वितरण गरेको टिम नेेेपो तनहुँका अध्यक्ष गोविन्द तिमल्सेनाले बताए ।

कार्यक्रममा सांसद कलिला खान प्रमुख अतिथि रहेकी थिइन । त्यस्तै जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाट लगाएत संस्थाका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds