तनहुँ । तनहुँमा ३३७ जना एचआइभी सङ्क्रमित रहेका छन् । दमौली अस्पतालको एआरटी शाखाका अनुसार १६५ पुरुष, १४३ महिला, १३ जना बालक, १४ जना बालिका र २ जना तेस्रो लिङ्गीमा एचआइभी सङ्क्रमण भएको छ ।
तनहुँमा अहिलेसम्म ४१ जना संक्रमितको मृत्यु भएको छ । जसमा १३ जना महिला, २५ जना पुरुष, १ जना बालिका र २ जना बालक रहेका छन् ।
जिल्लामा २०७७ सालको कात्तिक मसान्त सम्ममा २ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् । जसमा १ जना महिला र १ जना पुरुष हुन् ।
दमौली अस्पतालमा रहेको एचआइभी उपचार केन्द्र (एआरटी सेन्टर)का अनुसार गएको गत ७ महिनामा ९ सय ३३ जनामा एचआईभी परीक्षण गर्दा २ जना नयाँ एचआईभी संक्रमित पत्ता लागेको एआरटी काउन्सिलर सुस्मिला खनालले बताईन ।
हालसम्ममा तनहुँबाट अन्य जिल्लामा स्थानान्तरण भएर गएका बिरामीको संख्या ७२ जना पुगेको छ । त्यसमा ३१ जना पुरूष, ३१ जना महिला, ५ जना बालिका र ५ जना बालक छन् । त्यस्तै उपचारकै क्रममा हराएका संक्रमित ११ जना छन्, जसमा ६ जना महिला, ४ जना पुरुष र १ जना तेस्रोलिङ्गि रहेका छन् ।
यस्तै २१० जना भने उपचाररत छन् । जसमा ९३ जना महिला, १०२ जना पुरुष, १ जना तेस्रोलिंगी, ८ जना बालिका र ६ जना बालक रहेका छन् । अन्य छिमेकी जिल्ला लमजुङ, गोरखा, नवलपुर र चितवनका संक्रमितलाई समेत सेवा दिइएको दमौली अस्पतालको एआरटी शाखाले जनाएको छ ।
नेपालमा करिब ३० हजार जनामा एचआईभी संक्रमित भएको अनुमान छ । हालसम्म २३ हजार १३७ जना एचआईभी पत्ता लागेको छ ।
लकडाउनमा समस्या
विश्वव्यापी फैलिएको कोरोना भाइरसको असर अन्य क्षेत्रमा काम गर्नेलाई भन्दा स्वास्थ्यकर्मीलाई बढी पुगेको देखिन्छ । सरकारले लकडाउन घोषणा गरेपछि संक्रमित अस्पतालसम्म आउँन सकेनन् तर संक्रमितलाई औषधि पुर्याउन भने एआरटी सेन्टरबाट स्वास्थ्यकर्मी संक्रमितको घर मै पुगे ।
एचआईभी संक्रमितले खाने औषधि जिल्लाका विभिन्न स्थान र अन्य छिमेकी जिल्लामा समेत पुर्याउन समस्या परेको एआरटी काउन्सिलर सुस्मिला खनालले बताईन । उनले भनिन ‘लकडाउन र कोरोनाको त्रास बीच संक्रमितको घर घरमै पुगेर औषधि वितरण गर्यौं त्यो बेला सारै गाह्रो भएको थियो ।’
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा