तनहुँमा ३३७ एचआईभी संक्रमित, २७ जना बालबालिका

तनहुँमा ३३७ एचआईभी संक्रमित, २७ जना बालबालिका

hiv

तनहुँ । तनहुँमा ३३७ जना एचआइभी सङ्क्रमित रहेका छन् । दमौली अस्पतालको एआरटी शाखाका अनुसार १६५ पुरुष, १४३ महिला, १३ जना बालक, १४ जना बालिका र २ जना तेस्रो लिङ्गीमा एचआइभी सङ्क्रमण भएको छ ।

तनहुँमा अहिलेसम्म ४१ जना संक्रमितको मृत्यु भएको छ । जसमा १३ जना महिला, २५ जना पुरुष, १ जना बालिका र २ जना बालक रहेका छन् ।

जिल्लामा २०७७ सालको कात्तिक मसान्त सम्ममा २ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् । जसमा १ जना महिला र १ जना पुरुष हुन् ।

दमौली अस्पतालमा रहेको एचआइभी उपचार केन्द्र (एआरटी सेन्टर)का अनुसार गएको गत ७ महिनामा ९ सय ३३ जनामा एचआईभी परीक्षण गर्दा २ जना नयाँ एचआईभी संक्रमित पत्ता लागेको एआरटी काउन्सिलर सुस्मिला खनालले बताईन ।

हालसम्ममा तनहुँबाट अन्य जिल्लामा स्थानान्तरण भएर गएका बिरामीको संख्या ७२ जना पुगेको छ । त्यसमा ३१ जना पुरूष, ३१ जना महिला, ५ जना बालिका र ५ जना बालक छन् । त्यस्तै उपचारकै क्रममा हराएका संक्रमित ११ जना छन्, जसमा ६ जना महिला, ४ जना पुरुष र १ जना तेस्रोलिङ्गि रहेका छन् ।

यस्तै २१० जना भने उपचाररत छन् । जसमा ९३ जना महिला, १०२ जना पुरुष, १ जना तेस्रोलिंगी, ८ जना बालिका र ६ जना बालक रहेका छन् । अन्य छिमेकी जिल्ला लमजुङ, गोरखा, नवलपुर र चितवनका संक्रमितलाई समेत सेवा दिइएको  दमौली अस्पतालको एआरटी शाखाले जनाएको छ ।

नेपालमा करिब ३० हजार जनामा एचआईभी संक्रमित भएको अनुमान छ । हालसम्म २३ हजार १३७ जना एचआईभी पत्ता लागेको छ ।

लकडाउनमा समस्या

विश्वव्यापी फैलिएको कोरोना भाइरसको असर अन्य क्षेत्रमा काम गर्नेलाई भन्दा स्वास्थ्यकर्मीलाई बढी पुगेको देखिन्छ । सरकारले लकडाउन घोषणा गरेपछि संक्रमित अस्पतालसम्म आउँन सकेनन् तर संक्रमितलाई औषधि पुर्याउन भने एआरटी सेन्टरबाट स्वास्थ्यकर्मी संक्रमितको घर मै पुगे ।

एचआईभी संक्रमितले खाने औषधि जिल्लाका विभिन्न स्थान र अन्य छिमेकी जिल्लामा समेत पुर्याउन समस्या परेको एआरटी काउन्सिलर सुस्मिला खनालले बताईन । उनले भनिन ‘लकडाउन र कोरोनाको त्रास बीच संक्रमितको घर घरमै पुगेर औषधि वितरण गर्यौं त्यो बेला सारै गाह्रो भएको थियो ।’

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ