कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा, पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प (तस्बिरहरु)

कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा, पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प (तस्बिरहरु)

128781688_16605180853474 (4)

तनहुँ । व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका क्रममा निषेधाज्ञाका बाबजुद प्रदर्शन भइरहेका छन् । पृथ्वीराजमार्ग अहिले रणभूमि जस्तो बनिरहेको छ । पृथ्वी राजमार्ग २ घण्टा देखि अवरुद्ध भएको छ । राजमार्गमा ढुङ्गा टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीसँग ढुंगा हानाहान भएको छ । केही समयअघि प्रहरीले अश्रुग्याँस नै प्रहार गरेको थियो । मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मको लागि निषेधाज्ञा जारी रहेको छ ।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा छन् । व्यास १ तालघरेबाट उनलाई प्रहरीले पक्रेको हो । काँग्रेसको टोली र नेकपाको टोलीबीच हिंसात्मक झडप नहोस् भनेर प्रशासनले यस्तो बिग्रेको माहौलमा उद्घाटन कार्यक्रम हुन नदिन कोसिस गरिरहेको छ ।

    

पौडेल उद्घाटनका लागि जाने क्रममा प्रहरीले बल प्रयोग नै गरेर रोकेको छ । नेता पौडेलसहित काङ्ग्रेस तनहुँको जम्बो टिम निषेधाज्ञा उल्लंघन गर्दै पुल उद्घाटन गर्न पुगेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसक्रममा कांग्रेस कार्यवाहक सभापति जीतप्रकाश आलेसहित झण्डै दर्जन कार्यकर्ता पक्राउ परेका छन् । पौडेल दलबलसहित उद्घाटन गर्न अघि बढ्दा सशस्त्र प्रहरी र नेपाल प्रहरी टोलीले रोकेको हो । यसको काँग्रेस कार्यकर्ताले बिरोध गर्दै प्रहरीसँग ठेलमठेल गरेका थिए ।

वरिष्ठ नेता पौडेलले आफू र जिल्ला सभापतिलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी सामाजिक सञ्जालमार्फत् गराएका छन् । उनले लेखेका छन्ः ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !

सम्बन्धित समाचारहरुः

बुल्दी पुल उद्घाटन प्रकरण: युवा संघको विरोध, तनहुँ प्रशासनद्वारा निषेधाज्ञा जारी [फोटो फिचर]

बुल्दी पुल उद्घाटन गर्न जाने क्रममा झडप, अश्रुग्याँस प्रहार, वरिष्ठ नेता पाैडेललाई प्रहरीले राेक्याे

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ