तनहुँ । व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका क्रममा निषेधाज्ञाका बाबजुद प्रदर्शन भइरहेका छन् । पृथ्वीराजमार्ग अहिले रणभूमि जस्तो बनिरहेको छ । पृथ्वी राजमार्ग २ घण्टा देखि अवरुद्ध भएको छ । राजमार्गमा ढुङ्गा टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीसँग ढुंगा हानाहान भएको छ । केही समयअघि प्रहरीले अश्रुग्याँस नै प्रहार गरेको थियो । मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मको लागि निषेधाज्ञा जारी रहेको छ ।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा छन् । व्यास १ तालघरेबाट उनलाई प्रहरीले पक्रेको हो । काँग्रेसको टोली र नेकपाको टोलीबीच हिंसात्मक झडप नहोस् भनेर प्रशासनले यस्तो बिग्रेको माहौलमा उद्घाटन कार्यक्रम हुन नदिन कोसिस गरिरहेको छ ।

पौडेल उद्घाटनका लागि जाने क्रममा प्रहरीले बल प्रयोग नै गरेर रोकेको छ । नेता पौडेलसहित काङ्ग्रेस तनहुँको जम्बो टिम निषेधाज्ञा उल्लंघन गर्दै पुल उद्घाटन गर्न पुगेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसक्रममा कांग्रेस कार्यवाहक सभापति जीतप्रकाश आलेसहित झण्डै दर्जन कार्यकर्ता पक्राउ परेका छन् । पौडेल दलबलसहित उद्घाटन गर्न अघि बढ्दा सशस्त्र प्रहरी र नेपाल प्रहरी टोलीले रोकेको हो । यसको काँग्रेस कार्यकर्ताले बिरोध गर्दै प्रहरीसँग ठेलमठेल गरेका थिए ।

वरिष्ठ नेता पौडेलले आफू र जिल्ला सभापतिलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी सामाजिक सञ्जालमार्फत् गराएका छन् । उनले लेखेका छन्ः ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !

सम्बन्धित समाचारहरुः
बुल्दी पुल उद्घाटन प्रकरण: युवा संघको विरोध, तनहुँ प्रशासनद्वारा निषेधाज्ञा जारी [फोटो फिचर]
बुल्दी पुल उद्घाटन गर्न जाने क्रममा झडप, अश्रुग्याँस प्रहार, वरिष्ठ नेता पाैडेललाई प्रहरीले राेक्याे
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन