तनहुँ । तनहुँमा धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकुल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।
यस वर्ष तनहुँमा १२ हजार ६ सय हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.९ मेट्रिक टनका दरले ५० हजार १४८ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारीले जानकारी दिए । उनले भने ’यसवर्ष मौसम अनुकूल संगै रोगकिराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढेको हो ।’
कोरोनाले गर्दा गाउँघर मै फर्किएर बाझो जमिन र टारी खेतमा खेती गर्ने बढेकाले धेरै क्षेत्रफलमा धान रोपिएको प्रमुख तिवारीले जानकारी दिए ।
गतवर्ष १२ हजार ४ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.९ मेट्रिक टनका दरले ४७ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो ।
तनहुँमा सावित्री, रामधान, स्थानीय वास्मती लगायतको धान लगाउने गरिएको छ । गतवर्ष भन्दा धान उत्पादनमा वृद्धि भएपनि सोचअनुसार नबढेको प्रमुख तिवारी बताउँछन् ।
यसवर्ष बाढीले १५० हेक्टर क्षेत्रफलमा क्षती पु¥याएको उहाँले बताए । त्यस्तै रासायनिक मलको कमिले पनि उत्पादनमा असर पु¥याएको उनले जानकारी दिए ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला