युवा व्यवसायी श्रेष्ठद्वारा ११४ जना विद्यार्थीलाई सुइटर वितरण

युवा व्यवसायी श्रेष्ठद्वारा ११४ जना विद्यार्थीलाई सुइटर वितरण

IMG_1608129637834

तनहुँ । युवा समाजसेवी तथा व्यवसायी अभियान श्रेष्ठले रामशाह माध्यमिक विद्यालय आँबुखैरेनीमा अध्ययनरत १ सय १४ जना विद्यार्थीलाई बुधबार सुइटर वितरण गरेका छन ।

व्यवसायी श्रेष्ठले कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीहरुलाई सुईटर वितरण गरेका हुन ।

विद्यार्थीहरुलाई जाडो मौसममा चिसोबाट बच्न तथा अध्ययन गर्न सहज वातावरणको लागि सहयोग स्वरुप ६० हजार रुपैंया बराबरको सुइटर वितरण गरेका हुन ।

रामशाह माध्यमिक विद्यालय आँबुखैरेनीका प्रधानाध्यापक प्रेमराज लामिछानेले श्रेष्ठको सहयोग प्रति विद्यालयका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

व्यवसायी श्रेष्ठले यसअघि पनि समाजमा धेरै सहयोग पुर्‍याउदै आएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ