म्याग्दे गाउँपालिकाद्वारा ट्राफिक प्रहरीलाई ४७ थान ट्राफिक चिन्ह हस्तान्तरण

म्याग्दे गाउँपालिकाद्वारा ट्राफिक प्रहरीलाई ४७ थान ट्राफिक चिन्ह हस्तान्तरण

IMG_1608197104657

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई ट्राफिक चिन्ह हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले विभिन्न ४७ थान ट्राफिक चिन्ह हस्तान्तरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

ट्राफिकलाई स्पिड लिमिट १० थान, रोक्न निषेध १० थान, दुर्घटना ग्रस्त क्षेत्र लेखिएको बोर्ड १० थान, ट्राफिक कोण १० थान र दुर्घटना संम्भावित क्षेत्र लेखिएको बोर्ड ७ थान हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ उक्त सामाग्री हस्तान्तरण गरिएको म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले बताईन ।

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागी उक्त ट्राफिक सामाग्रीले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds