आदिकवि क्याम्पसका छात्रालाई क्याम्पसमै नि:शुल्क सेनिटरी प्याड

आदिकवि क्याम्पसका छात्रालाई क्याम्पसमै नि:शुल्क सेनिटरी प्याड

Pad abc

तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यास-१ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा अध्यनरत छात्राका लागी सेनिटरी प्याड सहयोग गरेको छ ।

नगरपालिकाको शिक्षा शाखाले क्याम्पसलाई मंगलबार दुई हजार सेनिटरी प्याड सहयोग गरेको शिक्षा शाखाका अधिकृत सन्तोष गोदारले जानकारी दिए ।

क्याम्पसमा अध्यनरत छात्राहरुको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउने उद्देश्यले व्यास नगरपालिकाले २ हजार प्याकेट सेनिटरी प्याड क्याम्पसलाई हस्तान्तरण गरेको हो

क्याम्पसमा करिब २ हजार छात्राहरु अध्यनरत रहेको आदिकवि भानुभक्त क्याम्पसले जनाएको छ । क्याम्पसमा अध्यनरत मध्ये ९० प्रतिशत छात्राहरु ग्रामिण भेगका रहेका छन ।

उनिहरु मध्ये धेरै जना महिनावारिका समय हरेक महिना ३ देखि ४ दिन सम्म क्याम्पस अनुपस्थित हुने गरेका क्याम्पसले बताएको छ । नि:शुल्क प्याड वितरणले छात्राहरुको अध्ययन नियमित गराउन सहायता पुग्ने सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले बताईन ।

उक्त प्याड नगरपालिकाका शिक्षा शाखाका अधिकृत सन्तोष गोदार र कम्प्युटर अपरेटर अर्जुन सुनारले सहायक क्याम्पस प्रमुख कल्पना लम्साललाइ मंगलबार क्याम्पस मै पुगेर हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ