राम्चेका विद्यार्थीलाई इनरव्हील क्लबद्वारा सुईटर र टोपी सहयोग

राम्चेका विद्यार्थीलाई इनरव्हील क्लबद्वारा सुईटर र टोपी सहयोग

InnerWheel Suiter ramchne

तनहुँ । इनरव्हील क्लब अफ दमौलीले विद्यार्थीलाई सुईटर सहयोग गरेको छ । क्लबले तनहुँको व्यास-११ तनहुँसुर स्थित सुर्योदय प्राथमिक विद्यालय राम्चेका विद्यार्थीलाई सुईटर सहायोग गरेको हो ।

विद्यालयलयमा अध्यनरत ३० जना निम्नवर्गीय छात्रछात्रालाई क्लबले जाडोमा सुइटर सहयोग गरेको क्लबकी अध्यक्ष आशा बानियाँले जानकारी दिईन ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देव कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा विद्यार्थीलाई उक्त न्यानो लुगा हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।

प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीका लागी ३० थान टोपी र रजिनलाल श्रेष्ठले स्टेशनरी सहयोग गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ