संसद विघटन भएको होइन, केपी ओलिको सरकार विघटन भएको हो : नेता चुमान

संसद विघटन भएको होइन, केपी ओलिको सरकार विघटन भएको हो : नेता चुमान

Hari B Chuman

तनहुँ । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार तनहुँको दमौलीमा जिल्लास्तरीय कार्यकर्ता भेला गरेको थियो ।

कार्यक्रम तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको थियो ।

सो भेलामा केन्द्रिय सदस्य हरि बहादुर चुमानले भने ‘अधिकार नै नभएको संसद विघटन गर्ने काम प्रधानमन्त्रीले गरे । त्यो गलत हो ।’

उनले भने ‘संसद विघटन नै भएको छैन ।’ बरु केपी ओलिको सरकार विघटन भएको हो । संसद विघटन भएको होइन ।’

कम्युनिष्ट नेता विचार, सिद्धान्तमा रहेर राजनीति गर्नुपर्ने केन्द्रिय सदस्य चुमानले बताए ।

उनले थपे ‘केपी ओलिको राजनीति भनेको झुटो कुरा र छलकपट मात्रै रहेछ ।’

उक्त भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले भने ‘प्रधानमन्त्री केपी ओलिलाई संसद विघटन गर्ने अधिकार संविधानले दिएको छैन ।’

‘अहिले देशमा अन्यौलता छाएको छ ।’ केन्द्रिय सदस्य श्रेष्ठले भने ‘देश प्रतिगमन तर्फ गएको छ ।’

१४ गतेको प्रदर्शन दमौलीमा विशाल हुने केन्द्रिय सदस्य श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । त्यसका विरुद्ध प्रचण्ड नेपाल समुहकोे ९ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

प्रचण्ड नेपाल पक्षले संसद विघटनलाई असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम भनेको छ । सोही क्रममा पुस १० गते पार्टीका केन्द्रीय सदस्य र सांसदहरु माइतीघरमा भेला भएर संसद विघटनको विरोध गर्दै जुलुससहित निर्वाचन आयोग पुगेर हस्ताक्षर बुझाएका थिए । त्यसैदिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद पुनःस्थापना गरेरै छोड्ने बताएका थिए ।

त्यस्तै उनीहरुले नेकपाको मुलधार आफुहरुले नेतृत्व गरेको पार्टी नै भएको भन्दै आफ्नो पक्षमा झण्डै दुई तिहाइ केन्द्रीय सदस्य रहेको जनाकारी गराएका थिए ।

पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न गर्न नेकपाले सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय २१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको छ ।

संसद विघटनका विरुद्धमा सर्वोच्च अदालतमा समेत एक दर्जन बढी रिट परेका छन् । जसको बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

उक्त भेलामा केन्द्रिय सदस्यहरु हरिबहादुर चुमन, आशा कोइराला , प्रतापलाल (पीएल) श्रेष्ठ, विघटित प्रतिनिधी सभाका सदस्य कलिला खान , नेकपाका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने, पार्टीका नेताहरु विद्या ढकाल , शंकर नारायण श्रेष्ठ, मदन आले, विष्णुभक्त सिग्देल, अतिन्द्रकेशरी न्यौपाने, श्रीराम कार्की, ओमकुमारी पौडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ