तनहुँ । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार तनहुँको दमौलीमा जिल्लास्तरीय कार्यकर्ता भेला गरेको थियो ।
कार्यक्रम तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको थियो ।
सो भेलामा केन्द्रिय सदस्य हरि बहादुर चुमानले भने ‘अधिकार नै नभएको संसद विघटन गर्ने काम प्रधानमन्त्रीले गरे । त्यो गलत हो ।’
उनले भने ‘संसद विघटन नै भएको छैन ।’ बरु केपी ओलिको सरकार विघटन भएको हो । संसद विघटन भएको होइन ।’
कम्युनिष्ट नेता विचार, सिद्धान्तमा रहेर राजनीति गर्नुपर्ने केन्द्रिय सदस्य चुमानले बताए ।
उनले थपे ‘केपी ओलिको राजनीति भनेको झुटो कुरा र छलकपट मात्रै रहेछ ।’
उक्त भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले भने ‘प्रधानमन्त्री केपी ओलिलाई संसद विघटन गर्ने अधिकार संविधानले दिएको छैन ।’
‘अहिले देशमा अन्यौलता छाएको छ ।’ केन्द्रिय सदस्य श्रेष्ठले भने ‘देश प्रतिगमन तर्फ गएको छ ।’
१४ गतेको प्रदर्शन दमौलीमा विशाल हुने केन्द्रिय सदस्य श्रेष्ठले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । त्यसका विरुद्ध प्रचण्ड नेपाल समुहकोे ९ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
प्रचण्ड नेपाल पक्षले संसद विघटनलाई असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम भनेको छ । सोही क्रममा पुस १० गते पार्टीका केन्द्रीय सदस्य र सांसदहरु माइतीघरमा भेला भएर संसद विघटनको विरोध गर्दै जुलुससहित निर्वाचन आयोग पुगेर हस्ताक्षर बुझाएका थिए । त्यसैदिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद पुनःस्थापना गरेरै छोड्ने बताएका थिए ।
त्यस्तै उनीहरुले नेकपाको मुलधार आफुहरुले नेतृत्व गरेको पार्टी नै भएको भन्दै आफ्नो पक्षमा झण्डै दुई तिहाइ केन्द्रीय सदस्य रहेको जनाकारी गराएका थिए ।
पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न गर्न नेकपाले सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय २१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको छ ।
संसद विघटनका विरुद्धमा सर्वोच्च अदालतमा समेत एक दर्जन बढी रिट परेका छन् । जसको बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
उक्त भेलामा केन्द्रिय सदस्यहरु हरिबहादुर चुमन, आशा कोइराला , प्रतापलाल (पीएल) श्रेष्ठ, विघटित प्रतिनिधी सभाका सदस्य कलिला खान , नेकपाका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने, पार्टीका नेताहरु विद्या ढकाल , शंकर नारायण श्रेष्ठ, मदन आले, विष्णुभक्त सिग्देल, अतिन्द्रकेशरी न्यौपाने, श्रीराम कार्की, ओमकुमारी पौडेल लगायतको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला