लायन्स क्लब म्याग्दे तनहुँद्वारा मनपाङका विद्यार्थीलाई न्यानो कपडा वितरण

लायन्स क्लब म्याग्दे तनहुँद्वारा मनपाङका विद्यार्थीलाई न्यानो कपडा वितरण

133886373_3938190772879774_8017752712460777355_n

तनहुँ । लायन्स क्लब म्याग्दे तनहुँले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

तनहुँको म्याग्दे-६ मनपाङमा रहेको रत्न मा.विमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको क्लबका अध्यक्ष भिमलाल श्रेष्ठ बताए ।

क्लबले विद्यालयका १२० जना विद्यार्थीलाई सुईटर वितरण गरेको क्लबका तृतीय उपाध्यक्ष गौरब राज रानाले बताए ।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष भिमलाल श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि लायन्स को-एडभाइजर चिफ विनोद ढुंगाना रहेका थिए ।

उक्त कार्यक्रममा क्लबका तृतीय उपाध्यक्ष गौरब राज राना, विद्यालयका प्रअ रमेशबाबु भट्टराई, स्थानीय सामाजसेवि हिरा गुरुङ, रुपक बनबासी लगाएतले शुभकामना मन्तव्य रखेका थिए ।

कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष सुरेन्द्र अधिकारी र धन्यवाद दित्तीय उपाध्यक्ष सुन्दरमणि अधिकारीले गरेका थिए । त्यस्तै कार्यक्रमको संचालन क्लबका सचिव पशुपति अर्यालले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ