मानहुँकोटबाट ‘दिउँला माया तिमीलाई’ लिएर आए सुनिल गिरी (भिडिओ सहित)

मानहुँकोटबाट ‘दिउँला माया तिमीलाई’ लिएर आए सुनिल गिरी (भिडिओ सहित)

Diula maya timilai sunil giri

तनहुँ । लोकपप गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘दिउँला माया तिमीलाई’को भिडियो सार्वजनिक भएको छ ।

तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायाँंकन गरिएको भिडियोमा सुनिलले मोडल उर्मिला गुरुङसँग रोमान्स गरेका छन् ।

रोमान्टिक प्रेम कथा बुनिएको भिडियोमा सुनिल र उर्मिला प्रेमी प्रेमिकाको रुपमा प्रस्तुत भएका छन् ।

बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोका बिचमा गज्जबसँग खुलेका छन् ।

गायक सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ ।

सुनिलकै निर्देशनमा छायाँकन रहेको भिडियो भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ ।

मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् ।

विवेक विकको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।

भिडिओ : 

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ