युनियन लाइफद्वारा घातक रोगको उपचारका लागी बिमितलाई रकम हस्तान्तरण

युनियन लाइफद्वारा घातक रोगको उपचारका लागी बिमितलाई रकम हस्तान्तरण

received_1820436424773709

तनहुँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले घाताक रोगको उपचार सुबिधा अन्तरगत पाच लाख रुपैया प्रदान गरेको छ । एक कार्यक्रमको आयोजना गरि बिमित ऋषिङ -२ का कुल बहादुर परियारलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । जटिल किसिमका१८ वटा  रोग मध्ये कुनै रोग लागेमा बिमितले  सो सुबिधा प्राप्त गर्ने कम्पनीका दमौली शाखा प्रबन्धक राज कुमार श्रेष्ठले जानकारी दिए । एक बर्ष अघि वैदेशिक रोजगारको लागि साउदी पुगेका परियारको  साउदीमै रहदा घाटिमा सम्स्या आएपछि नेपाल फर्किएका थिए । नेपाल आएर चितबन स्थित बिपि कोइराला क्यान्सर अस्पतालमा चेकजाँच गर्दा निजलाई घाटीको क्यान्सर भनी हाल उनी उपचाररत रहेका छन । एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रदिप घिमिरे तथा कम्पनीका गण्डकी प्रदेशका उपप्रमुख गणेश ढुंगानाको उपस्तिथिमा सो रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds