तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीले विद्यार्थीलाई जुत्ता, मोजा र शैक्षिक सामाग्री सहयोग गरेको छ ।
क्लबले आइतबार व्यास-११ सेरा स्थित वसन्त आधारभुत विद्यालयमा उक्त सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष राज कुमार श्रेष्ठले जानकारी दिए ।
क्लबले २१ जोर जुत्ता मोजा र शैक्षिक सामग्री विद्यालयलाई सहयोग गरेको हो । क्लबका डिरेक्टर चियर विशाल श्रेष्ठको जन्मदिनको अवसरमा श्रेष्ठ र क्लबले संयुक्त रुपमा उक्त सामाग्री विद्यार्थीलाई सहयोग गरेको हो ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले गरेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि व्यास-११ का वडाअध्यक्ष निर बहादुर खड्का रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि वडाअध्यक्ष खड्काले जन्मदिनमा होटलमा एकछिनको रमाइलो भन्दा सामाजिक तथा शैक्षिक क्षेत्रमा यस्तै खाले सहयोग गर्नुपर्ने बताए । उंनले भने “निम्न आए भएका व्यक्तिलाई सहयोग गर्नु नै मानविय धर्म हो ।”
त्यस्तै क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले बालबालिका भोलिका कर्णदार भएकाले शैक्षिक सहयोगले टेवा पुग्ने बताए । समाजमा आवश्यक परेका बेला रोट्रयाक्ट सदैव साथ रहने अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मनोज राउत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खनाल, विद्यालयकी प्रधानाध्यापक शर्मिला ओझा लगाएतले बोलेका थिए ।
कार्यक्रमको संचालन क्लबका सहसचिव किरण श्रेष्ठले गरेका थिए । त्यस्तै स्वागत क्लबका कम्युनिटि सर्भिस डिरेक्टर श्रीराम गन्धर्व र धन्यवाद क्लबका डिरेक्टर चियर विशाल श्रेष्ठले गरेका थिए ।
सम्बन्धित खबर
घाँस काट्ने क्रममा करेन्ट लागेर १५ वर्षकी बालिकाको मृत्यु
तनहुँ भिमाद ६ का वडाध्यक्षका छोरालाई खोलाको ठेक्का, प्रहरीले सुरक्षा गरेपछि सियाखानीमा विरोध
तनहुँमा फेरि अर्का बालक चितुवाको शिकार बने, सावधानीको खाँचो
मर्निङ वाकमा निस्किएका तनहुँका मल्ल नदिमा मृत फेला
अष्ट्रेलियामा क्रिकेट क्लबका मालिक तनहुँका राणा एनआरएनए ओसेनियाको डेपुटी संयोजक
तनहुँमा बस र मोटरसाइकल ठोक्किँदा माछापुच्छ्रेका युवकको मृत्यु
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ