दमौली । नेकपा केपी ओली समूहको वृहद कार्यकर्ता भेला तनहुँको दमौलीमा भएको छ । आफ्ना नेता कार्यकर्तालाई गोलबन्द गर्न तनहुँ जिल्लास्तरीय कार्यकर्ता भेला मंगलबार आयोजना गरिएको हो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्यहरु उर्जामन्त्री टोपबहादुर रायमाझी, गण्डकी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वमन्त्री खगराज अधिकारी, गण्डकी अर्थमन्त्री किरण गुरुङ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सहितका नेताहरुले सम्बोधन गरे ।
कार्यक्रममा बोल्दै उर्जा मन्त्री रायमाझीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल आफूहरु दुई जना मिले पछि बहुमत पुग्छ भन्ने सोचेर लागे पनि त्यो सम्भव नदेखेपछि पार्टी विभाजनतर्फ लागेको आरोप लगाए । कुनै पनि हालतमा प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउन नसकेपछि पार्टी विभाजन गरेर प्रचण्डले नेतृत्व लिन खोजेको पूर्व माओवादी नेता रायमाझीको आरोप छ । ३ वर्षसम्म मन्त्री खाएर केपी सरकारले केही काम गरेन भनेर आफैलाई नालायक सावित गरेको उनको भनाई छ ।
नेता रायमाझीले सरकारले गरेको राम्रो कामका कारण ओलीले एकछत्र राज गर्ने भएकाले अरु नेताहरुको निँद हराम भएको उनको कथन छ । ‘ओलीको राष्ट्रवादी छविसँग डराएर परिवर्तन गर्ने षडयन्त्र भयो,’ उनले भने,‘विनाकारण उहाँलाई दुवै पदबाट हटाउन खोजे पछि पार्टी जोगाउन लागेका हौं ।’ उनले पद्धति जोगाउन ओलीलाई साथ दिएको पनि जिकिर गरे । संसद पुनस्र्थापना पश्चगामी सोच भएको भन्दै उनले दुई जना नेताहरुकै लोभका कारण पार्टी फुटको अवस्थामा पुगेको बताए ।

कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश ईञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जसले नेतृत्व गरेको छ उसैलाई चुनाव चिह्न र पार्टीको मान्यता दिने राजनैतिक इतिहास रहेको भन्दै सूर्य चुनाव चिह्न आफ्नै दलले पाउने दाबी गरे । ‘सूर्य चिह्न हामीले नै पाउँछौं,’ उनले भने,‘ढुक्क हुनुस् ।’ उनले पार्टीकै नेताहरुको कारण संसद विघटन गर्नुपरेको सुनाए । महिलामाथि अपमान गरेर नारा लगाउने ? भन्दै उनले प्रश्न गरे ।
पूर्वमन्त्री खगराज अधिकारीले रामचन्द्र पौडेल १७ पटकसम्म प्रधानमन्त्रीमा हारेर माधव नेपालले कान फुकेकै भरमा अघि बढेको भन्दै व्यंग्य गरे । राष्ट्रपति विरुद्ध अश्लिल गालीगलौज, हर्कत भएकोप्रति आपत्ति जनाउँदै उनले विद्या भण्डारी कृष्णप्रसाद भट्टराईलाई हराएर राजनीतिमा स्थापित भएको योद्धा भएको बताए । अधिकारीले विद्या सिन्दुर खै भनेर नारा लगाउनेहरु अपराधी हुन् भन्दै आक्रोश व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले लोकतन्त्र नबुझेकाले मात्रै मध्यावधि निर्वाचनको बिरोध गरिरहेको उल्लेख गरे । संविधानमा सबै कुरा नलेखिने भन्दै भने संसद विघटन गर्न प्रधानमन्त्रीले पाउने दाबी गरे । उनले सर्वोच्चले विघटनलाई सदर गर्ने भन्दै प्रधानमन्त्रीले संसद विघटन गरेका नजिर विगतमा पनि रहेको बताए । विदेशी शक्तिसँग मिलेर सडकमा चुनाव हुन नदिन षडयन्त्र भएको उनको भनाई छ ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला