कोरोनाका कारण फ्रान्समा देशव्यापी रुपमा लागू भइरहेको करफ्यू थप कडा हुने घोषणा गरिएको छ ।फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेदेखि फ्रान्समा देशव्यापी रुपमा लागू गरिएको रातीको कर्फ्यूको ढाँचामा परिवर्तन गरिने जानकारी दिएका छन् ।
डिसेम्बरदेखि नै फ्रान्समा रातीको करफ्यू जारी छ तर कोरोनाको बढ्दो मामिलालाई मध्यनजर गर्दै यसमा थप कडाई गर्न लागिएको हो ।
हाल राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्छ तर शनिबारदेखि बेलुका ६ बजेदेखि कर्फ्यू लागू गरिनेछ । यो नयाँ नियम कम्तीमा १५ दिनसम्म लागू रहनेछ ।
प्रधानमन्त्रीले देशमा कोरोनाको स्थिती चिन्ताजनक रहेको बताएका छन् । प्रधानमन्त्रीले विदेशबाट आउनेहरुका लागि नयाँ नियमको घोषणा गरेका छन् ।
अब इयूभन्दा बाहिरबाट आउनेहरुले आफ्नो उडानभन्दा ७२ घण्टा अघिसम्म कोरोनाभाइरसको संक्रमणको परीक्षण गर्नुपर्नेछ र नेगेटिभ भएपछि मात्रै उनीहरुलाई फ्रान्समा प्रवेश गर्न दिइनेछ ।
फ्रान्समा आइसकेपछि पनि उनीहरु ७ दिनसम्म आइसोलेशनमा बस्नुपर्नेछ र सातौं दिन पनि परीक्षण गर्नुपर्नेछ । उक्त परीक्षणमा नेगेटिभ आएपछि मात्रै उनीहरु सामान्य तरिकाले बस्न पाउनेछन् ।
कोरोनाको नयाँ भेरियन्टका लागि पनि चिन्ता बढेको छ । फ्रान्सका स्वास्थ्यमन्त्रीका अनुसार कोरोना संक्रमितमा कम्तीमा एकदेखि डेढ प्रतिशत कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ ।
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’