नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो।
उक्त प्रजाति बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बि.१.१.७ वा २०बि/५०१वाइ.भि वान भएको पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए। नयाँ प्रजातिको संक्रमण देखिएका तीनै जना पुस महिनामा बेलायतबाट नेपाल आएका थिए।
डा गौतमका अनुसार बेलायतबाट पुस १ गतेपछि नेपाल आएका २७७ जना मध्ये ६ जनामा गरिएको कोरोना परीक्षणमा एस जीन टार्गेट नेगेटिभ थियो। उनीहरुमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण हुनसक्ने आशंका गर्दै गत पुस २७ गते उनीहरुको नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइएको थियो ।
६ जनाको नमूना हङकङमा परीक्षा गर्दा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको हो । नयाँ प्रजातिको कोरोना संक्रमण देखिएका तीन जनाकै स्वास्थ्य अवस्था भने सामान्य भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा कोरोना नेगेटिभ भैसकेको र ६७ वर्षीया पुरुषमा कोरोना पोजेटिभ भएपनि कुनै लक्षण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरुमा नयाँ प्रजातिको कोरोना संक्रमण देखिएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको रोकथामका लागि नेपालमा भ्याक्सिन उपलब्ध नहुँदासम्म कोरोना संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार