तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले गत कात्तिक २४ गते बरामद गरेको अवैध मदिरा नष्ट गरिएको छ । करिब ९५ लिटर अवैध घरेलु मदिरा आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालयकै परिसरमा खाल्डो खनी नष्ट गरिएको आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत नारायण ढकालले बताए ।
आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत नारायण ढकालको संयोजकत्वमा गठित अवैध मदिरा नियन्त्रण समितिको पहिलो वैठक सम्पन्न भएको छ बैठकले आगामी दिनमा पनि अवैध मदिरा नियन्त्रणका लागि भरपर्दो सूचनाका आधारमा अवैध मदिरा कव्जा गर्न र अन्तःशुल्क स्टिकरको वैधता परीक्षण गर्न विभिन्न निकायसँगको सहयोग र समन्वयमा सूक्ष्म रुपमा बजार अनुगमन गर्ने निर्णय गरेको छ ।
बैठकमा समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय जन प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अवैध मदिराको उत्पादन, सञ्चय तथा बिक्री वितरणबाट समाजमा विभिन्न किसिमका विकृति फैलने तथा इजाजतपत्र प्राप्त गरी उत्पादन तथा बिक्री हुने मदिराको खपतलाई समेत प्रतिकूल असर पर्न गई प्राप्त हुनुपर्ने राजस्व समेत गुम्न सक्ने अवस्थालाई मध्यनजर राखी यो समितिले नेपाल प्रहरीसँगको सहयोग र समन्वयमा बजार अनुगमन गर्ने, अवैध मदिरा उत्पादन, सञ्चय तथा बिक्री वितरण स्थलको खानतलासी गर्ने, त्यस्तो कार्यमा प्रयोग भएका यन्त्र, उपकरणलाई कव्जामा लिने, संलग्न व्यक्तिलाई पक्राउ गर्ने र यसका लागि आवश्यक रणनीति वनाउने सम्मका कार्य गर्ने निर्णय भएको छ ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?