‘सबैका लागि शिक्षा मन्त्र’ का साथ विभिन्न जिल्ला स्थित विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गर्दै आएकी बाल अभियन्ता प्रेन्सा रेग्मीले ‘प्रेन्सा बुक बैंक’ अवधारणा अघि सारेकी छिन् । उसो त उनले कोरोनाको कहरको बेला मास्क वितरण, फुड बैंक, कपडा बैंक नै स्थापना गरी सेवा गरेकी थिईन् ।
पोखरामा बस्दै आएकी रेग्मीले सरसफाई अभियान र १८ वर्ष उमेर नपुगेका बालबालिकालाई खैनी, चुरोट, मदिरा बिक्री बितरण गर्ने कार्यमा रोक लगाउने अभियान पनि चलाइसकेकी छिन् ।
कोरोना भाइरसले प्रभावित पारेको बेला हुनेले दिने र नहुनेले लिएर खाने फुड बैंक, दशैंतिहारको माहोलमा गरिब बालबालिका देखि मजदुर तथा नहुने सबै बर्गलाई लक्षित गरी कपडा बैंक, शहरमा बढ्दो फोहोरलाई नियन्त्रण गर्नको लागि डोकोहरू चोक–चोकमा झुन्डाएको जस्ता कार्यबाट वाहवाही समेत उनले कमाइसकेकी छिन् ।
अहिले उनले आफूले पढेको किताबहरू अरूको लागि काम लाग्ने भनेर बुक स्टोर खोलेको जनाएकी छिन्। ‘निःशुल्क किताब सहयोग गरौं र निशुल्क किताब लैजाऔं’ नाराका साथ पोखरा ५ प्रस्याङमा उनले किताब स्टोर्स सञ्चालन गरेकी हुन् ।
‘किताब कहिले पनि पूरानो हुँदैन, हजुरको लागि किताब पूरानो हुन सक्छ तर किताब किन्न नसक्नेको लागि नयाँ हुन सक्छ । त्यसैले हजुरसँग भएको पूरानो किताब सहयोग गरिदिनुहुनेछ भन्ने आशा लिएकी छु ।’- उनले भनिन् ।
पैसाले मात्र समाजसेवा नहुने र सानासाना विकृतिलाई सुधारेपनि समाजसेवा हुने उनको धारणा छ । कुनै पनि सहयोग सानो नहुने र हरेक कामहरू देशको लागि एकदमै महत्त्व र योगदान दिने खालको हुने पनि उनको भनाई छ ।

सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा