तनहुँ । तनहुँमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा ग १ त ३७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको मृत्यु भएको हो ।
दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–३ का लीलाबहादुर यादी घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । ट्याक्टर चालक गोरखा नगरपालिका–१४ का तीर्थ थापा प्रहरी नियन्त्रणमा छन् ।