नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नम्बर एक अपराधी ठानिरहेको टिप्पणी गरेका छन् । ओलीले आफूलाई सिध्याउन राजावादी र दक्षिणपन्थीसँग साँठगाँठ गरेको आरोप लगाए ।
‘ओलीलाई प्रचण्ड एक नम्बर अपराधी भन्ने लागेको छ,’ प्रचण्डले नेकपाको आफ्नो समूहको शक्ति प्रदर्शनपछि राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै भने,‘प्रचण्डलाई जसरी पनि सिध्याउनुपर्छ भनेर राजावादी र दक्षिणपन्थीसँग मिलेका छन् ।’
ओलीका पछाडि पूर्व राजा ज्ञानेन्द्र शाहका मान्छेहरु दौडिएको प्रचण्डको टिप्पणी थियो । ‘ज्ञानेका मान्छे ओलीको पछाडि दौडिएका छन्,’ उनले भने, ‘ओली गणतन्त्र विरोधी हुन् ।’
अदालतले संसद पुनःस्थापनाको पक्षमा निर्णय गर्ने र निर्वाचन आयोगले पनि आफूहरुलाई वैधानिक नेकपा मान्ने प्रचण्डको दाबी थियो । उनले भने,‘यो विशाल जनसागर अदालत र निर्वाचन आयोगले पनि देख्छ । यो जीत सुनिश्चित गर्ने फेक्टर हुनेछ ।’
ओलीले कर्मचारीलाई समेत धम्की दिएर प्रदर्शनमा सहभागी हुनबाट रोक्न खोजेको भन्दै प्रचण्डले कसैसँग नडराउन भने । उनले ओलीबाट कुनै कर्मचारी कारबाहीमा परेमा संरक्षण गरिने समेत बताए । उनले भने,‘खोएर देखाऊ चुनौती दिन्छु । कर्मचारीको रौं मात्र पनि हल्लिए हामी छौं ।’
ओलीले आफ्नो उदारताको दुरुपयोग गरेको प्रचण्डको आरोप थियो । विगतमा ओलीलाई सम्झाई बुझाई गर्न खोज्नु नै गल्ती भएको उनको भनाई थियो । प्रचण्डले भने,‘केपीलाई तह लगाउन सकेनौं । हामी त्यसका लागि आत्मालोचना गर्छौं ।’ ओलीले देशलाई विध्वंशतिर लगेको उनको आरोप थियो ।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो