चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ ।
भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४ दशमलव ८१ प्रतिशतले आयात घटेको छ भने निर्यात ६ दशमलव १४ प्रतिशतले बढेको हो । सो अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोडबराबरको विदेशी वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ ।
निर्याततर्फ ६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख बराबरको मात्र स्वदेशी वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाखबराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार यस वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत छ ।
गत वर्ष आयाताको हिस्सा ९२.३८ प्रतिशत थियो भने निर्यातको हिस्सा ७.६२ प्रतिशत थियो । भन्सार विभागका अनुसार पहिलो छ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ४६ करोड रुपैयाँ रहेको छ ।
विभागको तथ्यांकअनुसार ६ महिनामा ७ खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापार हुँदा सो रकमको व्यापार घाटा भएको हो । भन्सार विभागका अनुसार पहिलो ६ महिनामा सबैभन्दा बढी भारतसँग व्यापार घाटा रहेको छ ।
-राजधानी दैनिक
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष