पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं. २ कोइरालेमा दुई वटा ट्रक एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मुग्लिङ तर्फबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नं ९ का किरण प्रताप गुरुङ्ग रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै, घटनामा चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते भएका छन्। उनीहरुलार्इ स्थानीय र प्रहरीले उद्धार गरी उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
गएराति साढे ३ बजे भएको दुर्घटना भएपछि घाइते भएर च्यापिएका चालकलाई निकाल्न प्रहरीलाइ २ घण्टा भन्दा बढी समय लागेको थियो । ट्रक तीव्र गतिमा रहेको र चालक निदाएको कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
सम्बन्धित खबर
एम्नेष्टी नेपाल अन्नपूर्ण समूह ५४ को संयोजकमा विष्णुहरि पन्थी
मोरङमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
सुनसरीमा दम्पती मृत फेला, घटना शंकास्पद
अब नेपालमा नपाइने क्यान्सरका दुर्लभ महँगो औषधि बिरामीलाई निःशुल्क दिने
कञ्चनपुरमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु
काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा