टिकटकमा भिडियो बनाउने क्रममा एकपछि अर्को दुर्घटना भएको छ । गत पुस पहिलो साता टिकटक बनाउन झलुङ्गे पुलमा झुण्डिएका दाङको तुलसीपुरका एक युवकको पुलबाट लडेर गम्भीर घाइते हुन पुगेकोमा पछि मृत्यु भएको थियो । १५ दिन अघि पोखरामै छतबाट लडेर बालिकाको ज्यान गएको थियो ।
युवायुवती लोकप्रियता कमाउन चक्करमा धेरै दुर्घटना हुने गरेका छन् । बालबालिका भने देखासिकी गरेर ज्यान जोखिममा पार्ने गरेका छन् । नयाँ प्रयोग गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि करुणा चन्दले ज्यान गुमाएकी हुन् ।
प्रहरीका अनुसार शनिबार दिउँसोको समयमा कुर्सीमा चढेर पंखामा डोरी बाँधेपछि करुणाले घाँटीमा बाँधेर भिडियो खिच्न थालिन् । करुणासँग उनका कान्छो भाई पनि थिए । टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी आफ्नो घाँटीमा पनि बाँधिन् । सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डिन पुगेको बताइएको छ ।
भाइ सानो भएकाले दिदीलाई बचाउन सकेनन् । उनले खेतमा रहेकी आमालाई घटनाबारे जानकारी गराए । घटनाबारे सुनेर उनकी आमा घर पुगेको तर त्यतिबेलासम्म करुणाले प्राण त्यागीसकेको प्रहरीले बताउँछ ।
केही वर्षअघि करुणाका दाईको पनि नहरमा डुबेर मृत्यु भएकोले परिवार अहिले शोकमा डुबेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं डिएसपी अमरबहादुर थापाले टिकटक बनाउने क्रममा करुणको ज्यान गएको पुष्टि गरेका छन् ।
असावधानी र अभिभावकको निगरानी नहुँदा बालबालिका मोबाइलको कुलतमा फस्दै गएका छन् । एक्लै अश्लिल भिडियो हेर्नेदेखि यस्तो ज्यानै जाने घटनासम्म पुग्न सक्ने हुनाले आफ्ना बालबालिका के गर्दैछन्, यसबारे अभिभावकले ध्यान दिनुपर्ने जरुरी देखिएको छ ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
बालेन्द्र साहले चैत १४ गते प्रधानमन्त्रीको सपथ लिने सम्भावना
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर