पोखरा नदीपुरमा रहेको पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम)ले स्नातक तहमा दीक्षित विद्यार्थीको सम्मानमा ग्राजुएसन समारोह सम्पन्न गरेको छ ।
शनिवार पोखरामा आयोजित समारोहमा बिबिएतर्फ ५८ र बिसिआईएसतर्फ ७ जना गरी कुल ६५ दीक्षित विद्यार्थीलाई कलेजले सम्मान गरेको हो ।
समारोहमा स्नातक तहमा दिक्षित विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । त्यस अवसरमा पोखरा विश्वविद्यालयको डिन लिष्टमा पर्न सफल ९ जना उत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो । डिन लिस्टका विद्यार्थीहरू बीबीएका अञ्जली पौडेल, आयुषा श्रेष्ठ, नम्रता दाहाल, अस्मिता नेपाली, सचिन कुमार राम, प्रतीक श्रेष्ठ, सम्राट गुरुङ, दिया भारी र बिसिएसआइटीका निश्चिता श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. ज्ञानेश्वर शर्माले विद्यार्थीले प्रतिष्पर्धात्मक अहिलेको समयमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्नुपर्ने दायित्व रहेको बताए । व्यवसायिक र सामाजिक रुपमा आफूलाई समर्पित गर्न उनले विद्यार्थीहरुलाई आग्रह गरे । पोखरा कलेज अफ म्यानेजमेन्ट यस क्षेत्रको महत्वपूर्ण शैक्षिक संस्थाको रुपमा अगाडि बढेको भन्दै उनले गुणस्तरीय शिक्षाको निरन्तरतामा योगदान दिने विश्वास व्यक्त गरे ।

कलेज संचालक समितिका अध्यक्ष तथा ग्राजुएसन समारोहका सभाध्यक्ष विनोद कायस्थले स्थापनाकालदेखि नै संस्थाले गुणस्तरीय र नैतिक शिक्षामा जोड दिएको बताए । उनले दिक्षित विद्यार्थीहरुलाई आगामी दिनमा आत्मविश्वासका साथ अगाडि बढ्न र ठूला सपना देख्नका लागि शुभकामना दिए ।
कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठले गुणस्तरीय शिक्षा, नैतिकमूल्य, व्यवहारिक ज्ञान र नेतृत्व विकासलाई कलेज स्थापनाकालदेखि नै प्राथमिकता दिँदै आएको बताइन् । व्यवहारिक शिक्षा दिने प्रतिवद्धताका कारण कलेजले हरेक वर्ष उल्लेखनीय शैक्षिक नतिजा हासिल गरेको उनको भनाइ थियो ।
कलेज संचालक समितिका सदस्य समिर शर्माले जटिल बन्दै गइरहेको अहिलेको बदलिँदो संसारमा विद्यार्थीहरुले सिकाइलाई निरन्तरता दिइरहन पर्नेमा जोड दिएका थिए ।
दीक्षित विद्यार्थीको तर्फबाट बोल्दै विद्यार्थी अन्जली पौडेलले अब आफूहरूको असली जीवन यात्राको सुरु भएको बताउँदै आगामी यात्राको चुनौती सामना गर्न सक्षम बनाइदिएकोमा कलेज परिवार, शिक्षक तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा कलेजका बिसिएसआइटी कार्यक्रम संयोजक इ.हरिप्रसाद बराल, प्राध्यापक शशीधर बरालले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन उपप्राध्यापक दीपेन्द्र पहारीले गरेका थिए । कलेज संचालक समितिका निर्वतमान अध्यक्ष तथा सल्लाहकार प्रा. डा. टंकनाथ शर्मा तिमिल्सिना र संचालक समितिका सदस्य शुरेश प्रकाश चटौतको विशेष उपस्थिति रहेको समारोहमा प्राध्यापक, कर्मचारी र दिक्षीत विद्यार्थीका अभिभावकको सहभागिता रहेको थियो ।
विगत पच्चीस वर्षदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापनमा स्नातक (बीबीए), वित्तमा स्नातक (बीबीए–फाइनान्स) र सूचना प्रविधिमा स्नातक (बिसिएसआइटी) कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
कलेजमा बिहानी र दिवा सत्रमा गरी हाल ५ सय ५० विद्यार्थीहरु अध्ययनरत छन् । कलेजले वार्षिक कार्यक्रम अन्तर्गत पीसीएम फेष्ट, आइडिया पिच प्रतियोगिता, जब फेयर, पत्रकार सम्मेलन अभ्यास र शैक्षिक भ्रमण लगायतका कार्यक्रमहरु गर्दै आइरहेको जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
सर्वोच्च अदालतले भन्यो- नयाँ शैक्षिक सत्र सुरू भएपछि मात्र भर्ना लिनू
एसइई भोलिदेखि, पहिलोपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच, एक महिनामै नतिजा
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी