काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो कुरा गरेर जनतालाई झुक्याएको आरोप लगाएका छन्।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड नेतृत्वको नेकपाले काठमाडौंमा आयोजना गरेका सभालाई सम्बोधन गर्दै पन्तले विकास गरेको तथा हातखुट्टा बाँधेको भन्ने दुईवटा कुरा गरेर जनता झुक्याएको आरोप लगाएका हुन्।
“नारायणहिटीको गेटको दक्षिणतर्फ फर्केर ओलीजी भन्नुहुन्छ, मेरो कार्यकालमा जस्तो विकास कसैको पालामा भएन, त्यसको पाँच मिनेटपछि फेरि भन्नु हुन्छ, प्रचण्ड र माधवकुमारहरूले हातखुट्टा बाँधेर काम नै गर्न दिनु भएन,” पन्तले भने, “हातखुट्टा बाँधेको भए विकास विकासै कसरी भयो? विकासै विकासै भए, हातखुट्टा कसरी बाँध्ने काम भयो? म ओलीजीलाई एउटा मात्रै कुरा गर्न सुझाव दिन चाहन्छु।”
नबोल्ने पशुपति होइन, बोल्ने जनता खुशी पार्नुहोस्
पन्तले प्रधानमन्त्री केपी शर्मालाई ‘नबोल्ने पशुपतिनाथको नभई बोल्ने पशुपतिनाथ (जनता)लाई खुशी पार्न अपिल गरे ।
केही दिनअघि प्रधानमन्त्री ओली पशुपति पुगेको विषयलाई जोडेर उनले जनतारूपी पशुपति खुशी पार्न आग्रह गरेका हुन्। उनले राजाहरुको प्रसंग जोड्दै पशुपतिको सेवामा पुग्नेहरूको ‘अधोगति भएको’ संकेत गरे।
‘पशुपतिले कृपा गर्ने भए वीरेन्द्रको वंशनाश हुँदैनथ्यो। यता ज्ञानेन्द्रले राजगद्दी छाडनुपर्दैनथ्यो। त्यसैले ओलीजी सुन्नुहोस्, त्यहाँ नबोल्ने पशुपति होइन यहाँ बोल्ने पशुपतिनाथलाई खुशी बनाउनुहोस्। जो यहाँ उपस्थित छन्,’ उनले थपे, ‘विघटनपछि पशुपतिमा गएर केपीजीले के वरदान माग्नुभयो थाहा छैन। त्यहाँ पुगेर एक अर्बको जलहरीका लागि ३० करोड निकासा गर्छु भन्नुभयो। त्यही बेला मलाई राजा वीरेन्द्रको सम्झना भयो। आफ्नो हरेक सम्बोधनको अन्त्यमा पशुपतिनाथले रक्षा गरुन् भन्थे। उनको वंश नाश भयो।’
यसैगरी, आफ्ना हरेक सम्बोधनमा पशुपतिले कल्याण गरुन् भन्ने ज्ञानेन्द्र शाहको पनि शक्ति र सत्ता खोसिएको बताउँदै भने, ‘उनको पनि पशुपतिनाथले राम्रै कल्याण गरे। नारायणहिटीबाट निस्किनुपर्यो। अब ओलीजीलाई के कृपा गर्ने हो?’
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष