काठमाण्डौ – नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले बुधबारदेखि लागू हुने गरि चिकित्सकहरूको परामर्श शुल्क वृद्धि गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बिहिबार एक विज्ञप्ती जारी गर्दै चिकित्सकहरूको परामर्श शुल्क वृद्धि खारेज गर्दै उनीहरूले गरेको शुल्कवृद्धिको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
स्वाथ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्धारा जारी ध्यानाकर्षमा भनिएको छ, ‘गत माघ ४ गते यस मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटिसंग गरिएको सम्झौता कार्यन्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटीरुपमा नेपाल चिकित्सक संघ र एफिनद्धारा वृद्धि गरिएको परामर्श शुल्क प्रति मन्त्रालयको सहमति नरहेको जानकारी गराइन्छ । यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसंग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था रहदैन ।’
आवश्यक थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरेर मात्र यस किसिमको निर्णय गर्न मन्त्रालयले चिकित्सक संघ र अफिनको ध्यानाकर्षण गराएको छ। ‘कोभिड १९ संक्रमण र यसले निम्त्याएको आर्थिक शिथिलता समेतलाई मध्यनजर गर्दा चिकित्सकहरुको परामर्श शुल्क मिति २०७१ भाद्र ११ गते मन्त्रालयबाट जारी गरिएको पत्र अनुसार नै कामय रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ मन्त्रालयको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष