नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समृद्ध नेपाली, सुखी नेपालको नारालाई पुरा गर्ने अभियानमा देश पुनः एकपटक जुर्मराएको बताएका छन् ।
विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै सिंगो संसार कोरोनाबाट आक्रान्त भएको बेला नेपालमा संसद विघटन भएको भन्दै उनले देशलाई अस्थिरतातिर धकेल्ने प्रयास भइरहेको बताए ।
प्रचण्ड–माधव समूहले केही मन्त्रीहरु आफूतिर फर्किन लागेको गोयवल्स शैलीमा प्रचार गरेको टिप्पणी गर्दै मन्त्री थापाले प्रचण्ड–माधव समूह भयभित भएको टिप्पणी गरे । सरकारले लिएको कदम प्रतिगामी हो भनि भ्रम सृजना गरिरहेको आरोप लगाउँदै उनले सरकारलाई अपदस्थ गरी नेतृत्वमा जाने षड्यन्त्रपूर्ण काम प्रतिगामी कदम रहेको आरोप लगाए । गोयवल्सका शैलीमा असत्यलाई पटक पटक दोहोर्याइ रहेको आरोप लगाउँदै उनले गोयवल्स नीति तथा षड्यन्त्र सफल नहुने बताए ।
अवसरवादीहरुले षड्यन्त्र र भ्रमका खेती गरिरहेको बताउँदै उनले हिटलरले जस्तो पालेको आँकाक्षा कहिल्यै पुरा नहुने टिप्पणी गरे ।
अर्को प्रसंगमा उनले बलात्कारीलाई पानी मुनी गएपनि नछाड्ने बताए । उनले भागरथी भट्टको बलात्कारीलाई समात्न सफल भएको उल्लेख गर्दै निर्मला पन्ताका बलात्कारलाई पनि कानुनको कठघारामा ल्याइछाड्ने बताए ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने