प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले आफूमा प्रधानमन्त्री बन्ने कुनै चाहना नभएको बताएका छन् । देउवाले आफूलाई पदको लोभ तथा लालच नभएको बताए ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा कांग्रेसका युवा नेता नैनसिंह महरद्वारा लिखित किताब महाकाण्ड (संसद गठनदेखि विघटनसम्म) को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूमा प्रधानमन्त्री पदको लोभ नभएको बताएका हुन् ।
सत्तारुढ नेकपाको विवादमा आफू पर्न नचाहेको भन्दै देउवाले आफू वेटिङ प्राइममिनिस्टर नभएको बताए । विपक्षी दलको नेता स्वभाविक रुपमा भविष्यको प्रधानमन्त्री भएपनि आफूमा त्यो पदको लोभ तथा लालच नभएको उनले बताए ।
सभापति देउवाले भने, प्राइममिनिस्टर इन वेटिङमा भनेको छ । तर, म त्यसमा पनि छैन । मलाई लोभ पनि छैन, लालच पनि छैन । उनीहरुको झगडामा कहाँ फस्ने भन्या ?
नेकपाको आफ्नै झगडा चलिरहेकाले आफू त्यसमा नफस्ने सभापति देउवाले बताए । उनले अहिलेको राजनीतिक परिस्थितिमा आफू प्रधानमन्त्री पदको लोभमा नफस्ने उनको भनाइ छ ।
देउवाले प्रष्ट भनेका छन्, विपक्षी दलको नेता भनेको प्राइममिनिस्टर इन वेटिङ नै हो । तर पनि म प्रधानमन्त्री हुन चाहेको छैन ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु