पोखरास्थित पद्म नर्सिङ होमलाई १ सय शय्या\को अनुमति दिने क्रममा ३० लाख रुपैयाँ ‘घुस डिल’ गरेको आरोप लागेका गण्डकी प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलमाथि कारबाहीको सिफारिस गरिएको छ ।
नेकपा (एमाले) गण्डकी प्रदेश सभा संसदीय दलद्वारा गठित तीन सदस्यीय छानबिन समितिले अध्ययन प्रतिवेदन तयार पारी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले गण्डकीका अध्यक्ष नवराज शर्मालाई बुझाउँदै यस्तो सिफारिस गरेको हो ।
छानबिन समितिकी संयोजक एवं एमाले प्रमुख सचेतक देवका पहारी त्रिपाठीले पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिवले पदीय मर्यादाविपरीत गलत काम गरेको निष्कर्षसहित कारबाही सिफारिस गरिएको बताइन् ।
‘दोष के कति भन्ने छानबिनले देखाउला, तर उहाँहरूबाट पदीय हिसाबले जे कार्यहरू भए, त्यो गलत भयो भन्ने नै समितिको निष्कर्ष छ,’ उनले भनिन्, ‘हामीले पार्टी र दलको विधानअनुरूप काम भएको छ कि छैन भनेर हेर्यौं । विधानअनुसार काम नभएको पाइएपछि विधिसम्मत नै कारबाही अगाडि बढाइयोस् भनेर सिफारिस गरेका छौं ।’
अब प्रतिवेदनउपर पार्टीको अनुशासन आयोगले अन्तिम निर्णय लिने उनले बताइन् । ‘के–कस्तो कारबाही हुन्छ भन्ने कुरा विधानमा जे व्यवस्था छ, त्यहीअनुसार हुन्छ । अब यो विषय अनुशासन आयोगले हेर्छ र आयोगले नै आवश्यक निर्णय गर्छ,’ पहारीले भनिन्, ‘पदीय हिसाबले जे कुराहरू सार्वजनिक भएका छन्, ती सबै कारबाहीको दायराभित्रै राख्नुपर्छ भन्ने हाम्रो स्पष्ट ठहर हो ।’ प्रतिवेदन पहिले नै तयार भए पनि दलका नेताले समय नदिएका कारण बुझाउन ढिलाइ भएको बताइएको छ ।
समितिको प्रतिवेदनमा पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेल एमाले पार्टी विधानको धारा ८४ को ‘छ’ र ‘ञ’ विपरीतका क्रियाकलापमा संलग्न रहेको उल्लेख छ । साथै, प्रदेशसभा संसदीय दलको विधान २०८० को धारा २७ तथा मन्त्री बन्नुअघि हस्ताक्षर गरिएको आचारसंहितासमेत उल्लंघन गरेकाले उनीहरूमाथि कडा कारबाही गर्न सिफारिस गरिएको छ ।
समितिले मन्त्री छनोट गर्दा सम्बन्धित व्यक्तिको आचरण, कार्यशैली र पृष्ठभूमिमा विशेष ध्यान दिन संसदीय दललाई सुझाव दिएको छ ।
यस्तै, मन्त्रीका सचिवालय सदस्यहरूको नियुक्तिमा पार्टीको प्रदेश कमिटीको सिफारिस र अनुगमन अनिवार्य गरिनुपर्ने, निर्णयहरूको गोपनीयता कायम राख्नुपर्ने र भेटघाटका क्रममा आसपासका मानिसहरूबारे सचेत रहनुपर्ने प्रतिवेदनमा उल्लेख छ । पद्म नर्सिङ होमसँग ३० लाख रुपैयाँको घुस डिल गरेको विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो ।
उक्त भिडियो र समाचार सार्वजनिक भएपछि प्रमुख सचेतक पहारीको संयोजकत्वमा प्रदेश कमिटी सचिव धनञ्जय दवाडी र संसदीय बोर्डका सचिव वेदबहादुर गुरुङ सदस्य रहेको छानबिन समिति गठन गरिएको थियो ।
अस्पतालको खाताबाट स्वकीय सचिव पौडेलको नाममा चेक काटिएको भेटिएपछि विवाद चुलिएको हो । यस प्रकरणमा मुछिएका मन्त्रालयका सचिव डा. युवानिधि बसौलाको जिम्मेवारी खोसेर मुख्यमन्त्री कार्यालयमा काजमा तानिएको छ भने थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरिएको छ ।
सम्बन्धित खबर
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
राजमार्गको अवस्था: गोरखामा पूर्ण रुपमा अवरुद्ध, म्याग्दीमा एकतर्फी
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
यो पनि पढौँ
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो