विराटनगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–८ र ७ को मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा विहान मृत्यु भएको थियो । यस्तै दुर्घटनामा परी अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र विपरीत दिशा आइरहेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
तीव्र गतिमा रहेको मोटरसाइकल एक्कासि हायसको अगाडिको भागमा ठोकिएर मध्याली पुलनजिक ठोकिन पुगेको थियो ।मोटरसाइकल ठोक्किएपछि अनियन्त्रित बनेको हायसले सवार रहेका दुई जनासहित मोटरसाइकललाई घिसारेर दुई सय मिटर पर सडकको दक्षिणतर्फ सुन्दरहरैँचा–७ स्थित खेतमा पुर्याएको जानकारी एसपी शर्माले दिए ।
दुर्घटनामा हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी घाइते भएका छन्। गम्भीर अवस्थाका दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
रवि लामिछानेले अब कास्की अदालतमा तारेख धाउन नपर्ने
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’