काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘यो सरकार पाँच वर्ष चल्छ । प्रतिनिधिसभाको कार्यकालभरी अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन । आन्तरिक किचलो नेकपा एमालेभित्र अब हुँदैन । हिजो नेकपा हुँदा जे-जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन । नेकपा एमाले एक ढिक्का भएर अघि बढ्छ । पार्टीको नेतृत्व पंक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ ।’
साक्षात्कारमा बोल्दै उनले अब एमालेका नेतृत्वहरुले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउने बाहेक अन्य क्रियाकलापहरू नगर्ने पनि दाबी गरे । उनले भने,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमलगायतका नेताहरुले अब नेकपा एमालेलाई बलियो बनाउनुहुनेछ । सरकारलाई बलियो बनाउने बाहेकको अन्य कुनै पनि गतिविधि वा क्रियाकलाप अब गर्नुहुन्न भन्ने मेरो विश्वास छ ।’
नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिए उहाँले विश्वासको मत लिनुहुन्छ कि राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीले विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने विश्वास दिलाए ।
उनले भने,‘मैले नेताहरुले फिर्ता लिनुपर्छ कि भनेर सुनेको हुँ । तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय भएको कुरा मलाई थाहा छैन । सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मत लिनुहुन्छ । विश्वासको मत बहुमत पुग्नेगरी आउँछ । यो सरकार ढल्दैन । अहिलेको अवस्थामा प्रधानमन्त्री फेरिने अवस्था देख्दिन । विश्वासको मत लिन्छु भनेपछि राजीनामाको कुरा आएन ।’ उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त हुनेमा आफू पूर्ण आशावादी रहेको सुनाए ।
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य