नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै कारवाही हुनुपर्ने बताएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोलि र पर्सि काठमाडौंमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन्।
कार्यकर्ता भेलामा जानेलाई प्रधानमन्त्रीले कारवाही गर्ने कुरा हाँस्यास्पद हो । उहाँ आफैँले बालुवाटारमा गुट भेला गरेर गलत गर्नुभयो । नेकपा एमालेको विधानले त्यसलाई मान्यता दिँदैन । अदालतले एमालेलाई ब्यूँताइदिएर २०७५ जेठ २ मा पुर्याएको छ। त्यसलाई भुलेर अन्य गतिविधि गर्नु गलत हो ।
ती काम कारवाही योग्य छन् उनले भने, आफैँ गलत रुपमा उभिएको प्रधानमन्त्रीले कारवाही गर्छु भन्नु गलत हो। अध्यक्ष चाहिँ त्यसबाट मुक्त हुँदैनन्, कारवाहीको कुरा अनावश्यक रुपमा तर्साउने कुरा मात्रै हो ।
उनले प्रधानमन्त्री ओलीले नै पार्टी फुटाउन लागेको आरोप लगाए। हामीलाई एमाले फुटाउन लागेको भन्ने प्रधानमन्त्री आफैँले पार्टी विभाजनको आरम्भ ओलीले नै गरेको हो, उनले भने, पुराना काम कारवाही मान्य हुन्छ भनेर विभाजन थालेका हुन् । ओलीले पहिले नेकपालाई छिन्नभिन्न बनाए, अब एमाले पनि छिन्नभिन्न गर्ने योजनामा लागेका छन् ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो