नेकपा एमालेको असन्तुष्ट पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाएको छ ।
झलनाथ खनाल–माधव नेपाल नेतृत्वको असन्तुष्ट समूहका ३८ सांसदको हस्ताक्षरसहित संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाइएको हो । सो असहमतिपत्र बुझाउन नेपाल पक्षका सांसदहरु सोम पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवारलगायत बालुवाटार पुगेका थिए ।
बालुवाटार परिसरमा सञ्चारकर्मींहरुसँग कुराकानी गर्दै सांसद श्रेष्ठले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ३८ सांसदको बैठकले निर्णय गरेअनुसार ५ बुँदे असहमतिपत्र ओलीसमक्ष पेश गरेको बताए । पत्रमा प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना भएको बैठकप्रति असहमति जनाइएको छ ।
यस्तै बैठक विधि र विधानसम्मत नभएको, एमालेको नवौं महाधिवेशनबाट पारित भ्एको विधानअनुसार कामकाराहीअनुसार नभएको, संसदीय दलको बोर्ड गठन गर्ने कुरा विधानले व्यवस्था गरेअनुसार केन्द्रीय कमिटीले अनुमोदन गरेपछि हुनुपर्ने, दलको बैठक संसदीय दलको कार्यालय र संसद भवनमा मात्रै राख्नुपर्ने लगायतका विषय असहमतिपत्रमा समेटिएको छ ।
यी कुराहरु नहुँदासम्म आफूहरु ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने पत्रमा उल्लेख गरिएको छ । ओली पक्षको संसदीय दलको बैठक चल्दै गर्दा ३८ सांसदको हस्ताक्षरसहित उनीहरु बालुवाटार पुगेका थिए ।
संसदीय दलको बैठकमा सोम पाण्डेले असमतिपत्र प्रस्तुत गरेको थिए । सो पत्रबारे ओलीले गठन गरेको संसदीय बोर्डमा छलफल हुने बताइएको छ।
वरिष्ठ नेता नेपाल पक्षीय नेता मानिने सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा लागेको घोषणा गरे । आज आयोजित पार्टीको संसदीय दलको बैठकमा सांसद पोखरेल सहभागी भएका थिए । बैठकमा उनले आफू ओली पक्षमा लाग्ने घोषणा गरेका हुन् ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो