ओलीलाई डा. भट्टराईको कटाक्ष नेपाली हिटलरले सवैमाथि खड्ग चलाउँदैछ, होशियार !

ओलीलाई डा. भट्टराईको कटाक्ष नेपाली हिटलरले सवैमाथि खड्ग चलाउँदैछ, होशियार !

baburam bhattarai

नेकपा एमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउँदै लगेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसमा कटाक्ष गरेका छन् ।

एमालेको विधान संसोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिएको भोलिपल्ट आइतबार बिहान ट्वीट गर्दै डा.भट्टराईले ओलीलाई कटाक्ष गर्दै नेपाली हिटलरको संज्ञा दिएका छन् ।

ओली र एमालेको नाम नलिइकन कटाक्ष गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले हिटलरको उदाहरण दिँदै क्रमशः सबैमाथि प्रतिगमनकारी प्रहार हुन सक्ने खतरा औँल्याएका छन् ।

‘हिटलरबारे चर्चित भनाइ छ– ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ । किनकी म यहुदी थिइनँ‘ अन्त्यमा उनीहरू मविरूद्ध आइलागे,कोही पनि बोलेन । किनकि कोही पनि बाँकी थिएन,’ सामाजिक सञ्जामार्फत आफ्नो धारणा राख्दै डा. भट्टराईले सचेत गराएका छन्, ‘नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होसियार !

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds