वायु प्रदूषणका कारण भोलिदेखि ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

वायु प्रदूषणका कारण भोलिदेखि ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

school banda

विगत केही दिन देखि भारत र नेपालका केही भू–भागमा लागेको आगोका कारणले तुवाँलो बढेपछि वायूप्रदुषण बढेकाले   शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।

जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा परामर्श गरेका थिए। अब शिक्षण संस्थाहरु आइतबार मात्रै खुल्नेछन्। केही दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरका धुवाँ र धुलो मिसिएर वायु प्रदूषण बढेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ