प्रचण्डको माग सर्वोच्चद्वारा अस्वीकार, नेकपा एकीकरण खारेज गर्ने निर्णय पुनरावलोकन नहुने

प्रचण्डको माग सर्वोच्चद्वारा अस्वीकार, नेकपा एकीकरण खारेज गर्ने निर्णय पुनरावलोकन नहुने

sarbochha-adalatfhfn9suhpi

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम सम्बन्धमा गत फागुन २३ गते भएको फैसला दिएको पुनरावलोकन निवेदन अस्वीकृत भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गाना रहेको पूर्ण इजलाशले निवदेकको माग बमोजिम पुनरावलोकन हुन नपर्ने निर्णय गरेको छ ।

यो निर्णयसँग पुनरावलोकनको अध्याय टुङ्गिको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलको पार्टीको हुने फैसला दुई जना न्यायाधीश रहेको संयुक्त इजलाशले गरेको थियो । प्रचण्डले ‘सर्वोच्च अदालतको स्थापित नजीर वा कानूनी सिद्धान्तको प्रतिकूल फैसला वा अन्तिम आदेश भएको’ जिकिर सहित पुनरावलोकनको निवेदन दर्ता गराएका थिए ।

संयुक्त इजलाशले गरेको फैसला पूर्ण इजलाशले हेर्ने नियमअनुसार प्रधानन्यायाधीश सहित ३ जनाको इजलाशले निवेदन हेरेको थियो ।

यस्तो इजलाशमा फैसला वा अन्तिम आदेश गर्नेबाहेकका न्यायाधीश रहने नियम छ । यस्तो इजलाशले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्ने व्यवस्था छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds