रुखको घाँस काट्दा करेन्ट लागेर युवतीको मृत्यु

रुखको घाँस काट्दा करेन्ट लागेर युवतीको मृत्यु

curent-dead

सांकेतिक तस्बिर

डडेल्धुरा जिल्लामा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ ।

अजयमेरु गाउँपालिका–१ समैजी महर गाउँकी २३ वर्षीय युवती धना बोहराको ज्यान गएको होरुखमा घाँस काटदै गर्दा रुखमा छोएको विद्युत्को तारबाट करेन्ट लागेर युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखमा छोएको तार नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापन नगर्दा दुर्घटना भएको युवतीका आफन्तको भनाइ छ । बिहिबार दिउँसो पौने १ बजेको घटना घटेको मृतकका दाजु बीरबहादुर बोहराले बताए ।

तारको उचित व्यवस्थापनका लागि विद्युत वितरण केन्द्र डडेल्धुरालाई बारम्बार खबर गर्दा समेत कुनै सुनुवाइ नै नभएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds