सोमबारदेखि बंगलादेशमा एक हप्ता लकडाउन

सोमबारदेखि बंगलादेशमा एक हप्ता लकडाउन

Lockdown

बंगलादेशले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको छ। पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्न थालेपछि लकडाउन घोषणा गरिएको हो।

बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसेनले आउँदो सोमबारदेखि एक हप्ता लकडाउन हुने जानकारी दिएका छन्।

ढाका त्रिब्युनका अनुसार अघिल्लो महिनाभन्दा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ। संक्रमणबाट मृत्यु हुने संख्या पनि बढेको त्यहाँका अधिकारीलाई उद्धत गर्दै समाचारमा उल्लेख छ।

पछिल्लो २४ घन्टामा बंगलादेशमा ६ हजार ८ सय बढी संक्रमित देखिएका थिए भने ५० जना बढीको संक्रमणबाट मृत्यु भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ