नेपालमा एकैदिन २६६ जना कोरोना संक्रमित थपिए, थप ४ जनाको मृत्यु

नेपालमा एकैदिन २६६ जना कोरोना संक्रमित थपिए, थप ४ जनाको मृत्यु

corona death

File Photo.

नेपालमा कोरोना संक्रमण कारण थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।

यस्तै सोमबार २ सय ६६ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालय अनुसार ३ हजार ४ सय ५६ पीसीआर परीक्षण भएकोमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १०२ जना कोरोनाबाट मुक्त भएका छन् ।

हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds