नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले मुलुकमा दिउँसै रात पार्ने काम हुन थालेको बताएका छन् ।
रुकुमको सल्लेबजारमा बुधवार आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले मुलुकमा भइरहेका विभिन्न किसिमका षड्यन्त्रविरुद्ध जनता जागरुक हुनुपर्ने बताए ।
यहाँ दिउँसै रात पार्ने जस्ता कुरा हुन थाले । जनता सबैतिर जागरुक हुनुपर्यो, जनता सबै उठ्नुपर्यो, प्रचण्डले भने ।
उनले मुलुकमा राजनीतिक स्थायित्व होस्, विकास र समृद्धिमा केन्द्रित हुन सकियोस् भनेर आफ्नै प्रस्तावमा कम्युनिस्ट पार्टी एकता गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति, संविधान सबैलाई कुल्चिएको आरोप लगाए ।
कम्युनिस्ट एकता भंग गरी एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलामा आफूहरू सहमत नभए पनि त्यसलाई मानेरै अगाडि बढ्ने उनको भनाइ थियो ।
जबकि त्यो रिट पर्या थियो, नामको विवादमा । एमाले र माओवादी अलग गरिदिनुपर्यो भन्ने दाबी रिट निवेदकले गरेकै होइन । अदालतले नाम अर्को बनाउनुससम्म भन्ला भनेका थियौं हामीले, तर अनौठो भयोु, प्रचण्डले भने, यो सिस्टममा सर्वोच्च अदालतले भनेपछि मान्दिनँ भन्न नपाइने, सहमत छैनौं भन्नचाहिँ पाइने । त्यसैले मानेरै अगाडि बढ्छौं ।
धेरै ठूलो संघर्ष, बलिदानी र मेहनतपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको भन्दै प्रचण्डले त्यसको रक्षा गर्न आफू लागिरहने बताए ।
रुकुमबाट आफू ऊर्जा लिएर काठमाडौं फर्किने उनको भनाइ थियो ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष